• बलखु – नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तरगत ओखलढुंगामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

    ओखलढुंगा जिल्लाको बलखु सुनकोसी गाउँपालिकाको वडा नम्बर २ मा मंगलबार आयोजित कार्यक्रममा नेकपा स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसासद रामहरि खतिवडाले पार्टीमा भित्र्याएका हुन् ।

    नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा मेखबहादुर तमाङ, सुब्बासिंह तामाङ, टपेन्द्र तामाङ, पदमबहादुर तामाङ लगायत थुप्रै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको ओखलढुंगा कांग्रेसका सभापति प्रदीप सुनुवारले जानकारी दिए ।

    नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गरेकाहरूले कम्युनिस्टहरूले झुठको खेती गर्ने गरेको भन्दै यस्ता गलत कुराको पछाडि अब आफूहरू कहिल्यै नलाग्ने बताएका छन् ।

    उनीहरूले आफूले जिताएर पठाएको जनतप्रतिनिधि जिल्लामा मुख पनि देखाउन नआएको भन्दै जनताको समस्यालाई समाधान गर्नेतिर कुनै पनि पहल नगरिएको बताए । नेपाली कांग्रेस ओखलढुंगा जिल्लामा पराजित भएर पनि जनताका काम गरेको भन्दै उनीहरूले कांग्रेस नेताहरूको प्रशंसा गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले कांग्रेसले मात्रै जनताका कुरा बुझ्न सक्ने बताए । उनले कांग्रेसले कम्युनिस्टले जस्तो धेरै गफ नगरेर जनताको काम गर्ने पार्टी भएको बताए ।

    आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले न्याय गर्ने उनले बताए । ‘कम्युनिस्टहरूबाट जनता दिक्क भएका छन् । कुनै पनि काम हुन सकेको छैन’, खतिवडाले भने, ‘कम्युनिस्ट पार्टीका नेताहरूले अहिले देश लुट्न लागेका छन् । जनताका समस्यालाई थन्काएर कसरी कमाइ गर्न पाइन्छ भनेर लागेका छन् ।’ नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीलाई ठूलो सहयोग मिल्ने उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…