•  

    सङ्खुवासभा, असोज १ गते । गए राती सङ्खुवासभाको अक्कर भिरमा भएको जीप दुर्घटनामा परि बेपत्ता भएकाहरुको खोजी कार्यमा समस्या परेको छ । लगातार पानी परेपछि अरुण नदिमा पानीको बहाब बढेकोले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।

    घटना भएको क्षेत्रमा लगातार पानी परेकोले पनि खोजी कार्यमा समस्या परेको घटनामा संलग्न प्रहरीहरुले जनाएका छन् । लगातार पानी परेपछि पानीको सतह नजिक समेत पुग्न नसकेको प्रहरीले जनाएको छ । जिप खसेको सडकदेखि अरुण नदिको पानीको सतह करिव ५० मिटरको उचाईमा पर्छ । पानीको सतहदेखि सडकसम्म नै ठाडो भिरालो छ ।

    स्थानीय प्रहरीले उद्धार र खोजी गर्न नसकेपछि चितवनबाट गोताखोर टोली बोलाईएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । गोताखोर टोलीको माग गरिसकिएपनि मौसमकै कारण उक्त टोली आउन सकेको छैन । मौसममा सुधार आएलगत्तै गोताखोर टोली आएर खाजी गरिने प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनुभयो ।

    दुर्घटनामा पर्नेहरुमा चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ बर्षिय प्रमेश थापा मगर र उनको भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे रहेका छन् । त्यस्तै, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ र उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका बच्चा समिर श्रेष्ठ रहेका छन् । निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…