• काठमाडौं, १ असोज । आगामी १४ मंसिरका लागि घोषित उपनिर्वाचनको मिति दिनगिन्ती सुरु भएसँगै कास्की–२ मा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा ल्याएको छ ।

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्षमा प्रस्तावित पूर्वउपप्रधानमन्त्रीसमेत रहेका हेभिवेट नेता वामदेव गौतमलाई अघि सार्ने तयारी गरेपछि कांग्रेसले पनि समकक्षी हेभिवेट पौडेलको नाम चर्चामा ल्याएको हो ।

    गौतम गत निर्वाचनमा बर्दियाबाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए भने पौडेल साबिक एमालेका किसन श्रेष्ठसँग तनहुँमा पराजित भएका थिए ।

    २०४८ सालदेखि नै लगातार चुनाव जित्दै आएका पौडेलले पछिल्लो पराजयपछि निकै आहत महसुस गरेको बताइन्छ ।

    त्यसैले पनि नेकपाले गौतमलाई अघि सारे सभापति शेरबहादुर देउवाले नै पौडेललाई अघि सार्ने योजना बनाएको बुझिएको छ । पौडेललाई उम्मेदवारका रूपमा चर्चामा ल्याउनुका पछाडि देउवाको धेरै स्वार्थ लुकेको बताइन्छ ।

    यद्यपि, पौडेल स्वयंले भने अहिलेसम्म यसबारे मुख खोलेका छैनन् । पौडेलले जितेको खण्डमा पार्टीलाई मिलाएर महाधिवेशनमा लैजाने र उनको जिताइको सकारात्मक सन्देशबाट पुनः सभापति बन्ने देउवाको योजना रहेको बताइन्छ ।

    त्यस्तै, पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर पनि सभापति पुनः सुरक्षित राख्ने देउवाको खेल रहेको बुझिएको छ ।

    यदि पुनः पौडेल पराजित भएको खण्डमा पार्टीमा उनी थप कमजोर बन्दा फाइदा पुग्ने जोडघटाउ देउवाले गरेको बताइन्छ ।

    गौतमले जितेको खण्डमा पनि उनलाई समेत सहजै प्रभावमा राख्न सकिनेसम्मको आँकलन देउवाले गरेको बताइन्छ ।

    तत्कालीन पयर्टनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकाले पनि नेकपाले प्रतिष्ठाका रूपमा हेरेको छ । गौतमले उठ्न नचाहेको अवस्थामा नेकपाले उनकी धर्मपत्नी विद्या भट्टराईलाई उठाउने तयारी गरेको छ , बुधबारमा उल्लेख छ ।

    गौतम उठेको अवस्थामा भने भट्टराईलाई राष्ट्रियसभामा मनोनीत गर्ने बताइएको छ । उता, कांंग्रेसले पनि आफ्नो राम्रै जनमत भएकाले पौडेलबाहेक जित्न सकिने अन्य उम्मेदवारहरूको समेत खोजी गरिरहेको छ ।

    त्यसक्रममा अहिलेसम्म धनराज गुरुङ र यसअघि अधिकारीसँगको प्रतिस्पर्धामा पराजित देवराज पोखरेललगायतको नाम कांग्रेसबाट चर्चामा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…