• काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापारीलाई छाडा छाडिदिँदा बजारमा हरियो तरकारीको मूल्य आकाशिएको छ ।

    दशैंतिहार नजिकिँदै गर्दा बजारमा तरकारीको मूल्य आकाशिएको हो । आलु, प्याज, बोडी, करेला जस्ता तरकारीको मूल्य बढ्दा आम उपभोक्ता मारमा परेका छन् ।

    भदौ २५ गते ३८ रुपैयाँ किलो थोक बिक्री भएको तनेबोडीको मूल्य असोज १ गते ९८ रुपैयाँसम्म पुगेको छ । ३३ रुपैयाँमा बिक्री भएको तितेकरेला एक हप्तामै १३६ प्रतिशतले बढेर ७८ रुपैयाँ पुगेको छ । ३३ रुपैयाँ किलोको घिरौला पनि सातौ दिनमा ७८ रुपैयाँ थोक मूल्य पुगेको छ ।

    रातो आलुको मूल्य हप्तामै ४३ रुपैयाँबाट बढेर ५८ रुपैयाँ किलोसम्म पुगेको छ । एक हप्ताअघि प्रतिकिलो ५९ रुपैयाँमा थोक बिक्री भएको सुकेको प्याजको मूल्य ८९ रुपैयाँ पुगेको छ ।

    कालिमाटी तरकारी तथा फलफूल बजारमा सरदर दैनिक ५४ प्रकारका तरकारी तथा फलफूलको खरिदबिक्री हुन्छ । पछिल्लो एक हप्तामा यिनीहरूमध्ये अधिकांशको भाउ बढेको छ ।

    दैनिकरुपमा हरेकजसो भन्सामा पाक्ने आलु, प्याज, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा ह्वात्तै बढेको पाइएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…