• काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले लामखुट्टे नियन्त्रणको लागि लामखुट्टेश्वर महादेव स्थापना गरेर अगाडि बढ्न सरकारलाई व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।

    प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले नेपाली उखान वा चलन नै छ कहीँबाट उपाय नलागेमा देवी देवता गुहार्ने दवावको काम नगरेपछि दुवा अर्थात देवी देवतालाई गुहार्ने सोही अनुसार लामखुट्टेश्वर महादेव स्थापना गरेर डेंगु नियन्त्रण तर्फ लागौँ भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति दिएका छन् ।

    उनले नेपाली समाजमा यस्को प्रयोग समेत भएको भन्दै पूरानो संसद २०५८ मा संसदेश्वर महादेव स्थापना भएको छ, ताकी संसदमा तलमाथि नहोस् भनेर स्थापना गरिएको हो । मेरो गाउँ ठिंगनमा लटरमेश्वर महादेव छ, फलफूल लटरम्म होस् भनेर, हामी पनि डेंगु नियन्त्रणको लागि लामखुट्टेश्वर महादेव स्थापना गर्न तर्फ ध्यान दिनुपर्ने बताए ।

    सांसद खतिवडाले बोल्नुपूर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको भन्ने अभिव्यक्ति दिएपछि खतिवडाले देवी देवता आश्रय पलनुपर्ने बताए । नेकपा सांसद खतिवडाले यसो भनिरहँदा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने हाँसिरहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…