• उर्लाबारी । मोरङ टाँडी मिक्लाजुङ—४ निवासी युवा समाजसेवी महेन्द्र थेगिम लिम्बूको एकल प्रयासमा सडक बत्ति जडान गरिएको छ । समाजसेवी थेगिमले अति आवश्यक रहेको आफ्नो गाउँको चोक र बस्तीमा बत्ति जडान गरिदिएका हुन् । मिक्लाजुङ टाँडीमा कैले हात्तिको समस्या,कैले बिभिन्न दुर्घटना भईरहन्छ, थेगिम भन्छन्, उज्यालो हुँदा आवतजावतमा सहज हुन्छ, त्यसमा पनि चाँडबाड आएको छ चोरीको घटना पनि न्यूनिकरण हुने विश्वास लिएको छु ।

    महेन्द्रले डाङडुङ्गे सिलाम चोकमा बत्ती जडान गरिदिएपछि स्थानीय खुशी भएका छन् । महेन्द्र भन्छन्, सानो गाउँ भएपनि चाडपर्वमा सिलाम चोकमा मिक्लाजुङ ३,५,६ वडाकै सेन्टरमा पर्ने भएकोले सबै रमाइलो गर्न आउने हुनाले सबैमा सहज होस भन्ने उदेश्यले मेरो ब्याक्तित्व लगानीमा सडक बत्ति जडान गरेको हु । उनले अन्य ठाउँमा पनि जडान गर्ने बताएका छन् ।
    महेन्द्रको काम देखेर स्थानीय दंग छन् । महेन्द्रको उनीहरु प्रशंषा गर्छन् । गाउँमा कोहि दुख बिराम परोस या कसैलाई अप्ठेरो परोस सहयोग जुटाउने देखी सेवा गर्ने, साँस्कृतिक कार्यक्रम गर्ने महेन्द्र भाई नै छन्, स्थानीय भन्छन्, हाम्रो पिर मर्काको मल्हम पट्टी महेन्द्र नै हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…