• प्रमुख र उपप्रमुखबीच विवादै– विवाद, एक जनाको ज्यानसमेत गयो

    प्रमुख र उपप्रमुखबीच विवादै– विवाद, एक जनाको ज्यानसमेत गयो

     

    काठमाडौं–देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो। नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो।

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीको रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरका हिसाबले आमा–छारो जस्तै देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार देखिन्थ्यो।

    जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो। हुँदाहुँदै उनीहरुबीचको विवाद ज्यानै लिनसक्ने अवस्थासम्म पुग्यो। पटकपटक दुई समूहबीच भएको झडपमा परी स्थानीय तपेश्वर मण्डलको मृत्यु भएको हो।

    उनको मत्यु प्रकरणमा नगरप्रमुख मण्डल, उपप्रमुख झासहित केही वडाका अध्यक्षमाथि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। उनीहरु सबै गिरफ्तारी पर्ने डरले कार्यालय जाँदैनन्। उक्त समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। यो समाचार सुरेश यादवले लेखेका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…