मेचीनगर । नेपाली काँग्रेसले मेचीनगरबाट छुवाछुत अन्त्यका लागि दलितको घरमा भोजन गरेर अभियान सुरु गरेको छ ।
नेपाली काँग्रेसको दोस्रो अभियान अन्तरगर्त नेपालको पूर्व जिल्ला झापा को मेचीनगरबाट दलित समुदाय प्रति गरिने छुवाछुत प्रथा सबिधानमा अन्त्य भए पनि अझै नेपाली समाज र मान्छेको मनबाट दलित प्रति गरिने व्यवहार अन्त्य नभएकोले छुवाछुत अन्त्यका लागि पार्टीको जागरण अभियान मार्फत मेचीनगर ७ वडा नम्बर कमिटि आयोजना गरेको कार्यक्रममा काँग्रेसको कर्यकर्ता गीता परियारको घरमा छुवाछुत अन्त्यका लागि भोजन गरेर अभियान सुरु गरेको हो ।
भोजन कार्यक्रममा केन्द्रिय सदस्य रामेश राई माझी ,मेचीनगरका सभापति इन्द्र बुढाथोकी , उसभापति सुरेन्द्र बुढाथोकी , क्षेत्रिय सह सचिब रुप सागर अधिकारी ,काँकरभिट्टा सोभियू सबिच सन्दिप थापा ,माधिबेशन प्रतिनिधी दुर्गा खतिवडा, वडा सभापनि कन्चा बराल नगर सदस्य चन्दन गौतम दरुन दलका सदस्य अमित न्यौपाने र पुष्प गौतमले भोजन गरेर कार्यक्रमको अभियान सुरु गरेको क्षेत्रिय सह सचिब रुप समागर अधिकारी बताए ।
रुपसागर अधिकारीको अनुसार पार्टीको अभियान अनुसार पार्टीका केन्द्रिय सदस्यहरु पनि गरिब कार्यकर्ता र दलित, आदिवासी जनजाति , मेचे ,धिमाल अन्य समुदाय सगँ सहकार्य गरेर अगाडी बढो भने मात्र देश समृद्ध हुने अधिकारीले बताए ।