• काठमाडौँ– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मर्म र भावनाविपरित चलेको आरोप लगाएका छन् ।

    उनले नेपालगन्जमा काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको भन्दै यसले राज्य आतंकमा सरकार आफै लागिरहेको बताए ।

    उनले जनताको करबाट तलव र सुविधा लिने प्रहरी र कर्मचारीलाई समेत सरकारले पार्टीका कार्यकर्ता बनाएको बताए ।

    ‘जनताको करबाट तलव खाने कुनै हालतमा क्षम्य हुँदैन,’ बिहीबार संसदमा मन्तव्य राख्दै सभापति देउवाले भने । उनले पछिल्लो समयमा संविधानको मर्म र भावनाविपरित सरकार हिँडिरहेको पनि आरोप लगाए ।
    ‘बहुमतको सरकार संविधानको मर्म र भावनाअनुसार चलनुपर्ने तर चलेको छैन,’ उनले भने ।

    महँगी अत्याधिक बढेकाे भन्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहान्छु के तपाईँलाई बजार भाउ थाहा छैन ?’

    उनले वर्तमान सरकार गठन भएको डेढ वर्षसम्म पनि संविधानको मर्म र भावना अनुसार चल्न नसक्दा संविधान नै असफल हुनु दुखद कुरा भएको पनि बताए । ‘यतिमात्रै होइन सरकार एकपछि अर्को गल्ति गर्दै गएको छ । न्यापालिकामा हस्तक्षेप, व्यवस्थापिकालाई खेलौना बनाउँदैछ । सरकारले आयोगहरुमा नियन्त्रण गर्दैछ । संविधानले तीनै तहमा अधिकार बाडफाडको व्यवस्था गरेपनि सरकार शक्ति केन्द्रीकृत गर्न लागेको छ,’ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले भने, ‘विकास निर्माणमा सुस्त बनेको सरकार भ्रष्टाचारमा चुस्त देखिएको छ ।’

    जनताको मौलिक हकलाई बन्देज गराउने र आस्थाका आधारमा भेदभाव गर्ने काम सरकारले गरेको पनि उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…