• राजपाका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आ*लोचना गर्नुभएको छ । संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधि सभाको बिहीबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षसम्म पनि संविधान संशोधन नगरिएकोमा ग*म्भीर असह*मति जनाउनुभएको हो । उहाँले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था सिर्जना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिनुभयो ।

    सरकारले दीपावलीको उर्दी जारी गरेर दीपावली नहुने भन्दै उहाँले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिनुभयो । संविधानलाई अस*फल बनाउने र प्र*हार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उहाँले गर्नुभयो । निर्मला प्र*करण, वाइड बडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरणलगायतका घ*टनाका दो*षीलाई का*रबाही नभएकोमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले सोध्नुभयो, ‘बालुवाटार बिक्री भैसक्यो । सिंहदरबार कहिले बिक्री हुने हो त्यो पनि बताइदिनुपर्‍याे ।’ नागरिकताका सम्बन्धमा न्यायाधीशपिच्छे अलग-अलग फैसला आउने गरेको भन्दै उहाँले भन्नुभयो, ‘कहिले खोल्ने कहिले बन्द गर्ने लोडसेडिङको बेलामा बत्ती आउनेजाने जस्तो अदालतको फैसला पनि त्यही भएको छ नागरिकताको सवालमा ।’ उहाँले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गर्नुभयो ।

    उहाँले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न आग्रह गर्नुभयो । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासमाथि नै अपमान गरेको भन्दै उहाँले संसद अधिवेशनलाई नै ‘कालो अध्याय’ को रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘तपाईँको रुलिङलाई पनि सरकारले लगौँटी लगाइदियो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…