असोज ३, २०७६ काठमाडौं : हृदयघातका कारण अस्पताल भर्ना भएका पूर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ
गत हप्ता हृदयघातका कारण बेहोस भएपछि बैरागीलाई काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
लामो समयसम्म अचेत रहेका दाहालको आज बिहान ७ बजे निधन भएको संखुवाभाका सांसद राजेन्द्र प्रसाद गौतमले जनाकारी दिए। दाहाल २०५१ सालको चुनावमा संखुवासभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेको तर्फबाट निवाचित सांसद हुन्।
उनी जलस्रोतका अभियन्ताका रुपमा पनि चिनिएका थिए। दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आज बिहान १० बजेदेखि ११ बजेसम्म नेकपाको पार्टी केन्द्रीय कार्यालय, धुम्बराहीमा राख्ने र आजै दिउँसो दाहसंस्कार गर्ने तयारी गरिएको गौतमले जानकारी दिए। उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।