आज संविधान दिवस -
काठमाडौ ! संविधान दिवसको अवसरमा गोकर्णश्वर स्थित माकलवारी टोल सुधार समितिले एक बृहत सभा गरि सबिधान सभा दिवस मनाएको छ ।
समाजिक अभियन्ता तथा माकलवारी टोल सुधार समितिका सचिव बिनित राज अर्यालको संचालनमा औपचारिकरुपमा सुरु गरिएको पाँचौ संविधान दिवस सभालाई टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पाको प्रमुख आतिथ्यता मा सम्पन भएको हो।
उक्त सभामा समाजसेवी देबेन्द्र खत्री ,पुर्ण तामांङ्, प्रेम ठाकुरी, प्रगति महिला समुह ,माकलबरि सिद्धार्थ महिला समुह,गोकर्णेश्वर लाईट एकेडेमीका प्रिन्सिपल सुर्य आचार्य लगायत सहभागी थिए ।
रास्ट्रिय गाना बजाएर औपचारिकरुपमा सुरु गरिएको पाचौ संविधान दिवस सभालाई सम्बोधन गर्दै माकलावारी टोल सुधार समितिका अध्यक्षले भने- १० बर्षे जनयुद्धमा हजारौको बलिदानी पुर्ण संघर्ष र २०६२/६३ को सर्वब्यापी जनआन्दोलनले उपलब्ध गरेको सबिधान सभा, नेपाली जनताको लामो समय आन्दोलन र बलिदानको उपज हो ।
उहाले भन्नु भयो प्राप्त सबिधानको स्थायित्व र कार्यान्यनको लागि सभालाई आत्मासात गरेर सहभागी जनाउनुहुने सम्पूर्ण माकलवारी टोलवासीलाई धन्यवाद दिएका थिए।
आयोजित सभामा जेष्ठ नागरिक समाजका अक्ष्यक्ष टेकनाथ अधिकारिले दिप प्रज्वलन गरि सबिधान दिवस मनाएको हो।