काठमाडौं,। सूर्य थापा रिसाउँदा टानमा नेकपा पछारियो । अब पेसाकर्मीको चुनावमा ओली गुट कहाँ, कति, कसरी पछारिन्छ, कुर्नुपर्छ ।
सरकारी पैसा खर्च गरेर भोट किन्दा पनि कांग्रेसले पर्यटन क्षेत्रलाई हात पारेको छ । बचाउ कसरी गर्ने भन्ने कुरा व्यवहारले देखाउँछ । पर्यटन वर्षको सुरुमा पर्यटन नहुने मंसिरमा साफ खेल सम्पन्न गर्न भौतिक संरचना नबन्ने हो भने अहिलेको प्रचारशैलीले कामको विश्वास देखाउँदैन ।
रंगशाला र खेलकुदबाट राजनीति गर्दा नेकपा एमालेको माधव गुटका पुरुषोत्तम पौडेल, तत्कालीन सदस्यसचिव केशव विष्ट ओली गुटका अगाडि हावा खाएकै छन् ।
माधव टिमका जीवनराम श्रेष्ठलाई ओलम्पिक कमिटीबाट खेद्न नेकपाका संस्थापक नेता स्व.पुष्पलाल श्रेष्ठका पुत्र उमेशलाल श्रेष्ठलाई ओलम्पिक कमिटीको अध्यक्ष पदमा अगाडि सारेको ओली गुटले नै हो ।
उमेशले दस भोट ल्याएर थन्किए । राष्ट्रको गहना खेलकुदमा राजनीति गर्न सबै तम्सन्छन् । मन्त्रीदेखि सदस्यसचिवको ध्यान कुम्ल्याउने नै हुन्छ । जीवनरामले बारम्बार ओलम्पिक कमिटी नछाड्नुको कारण त्यहाँ आउने डलर झ्याप पार्नु हो ।
नेकपाको खेलकुद जगत बद्नाम हुनुको कारण नेतृत्व लुच्चो र आर्थिक पाटोमा लोभी हुनाले हो । मन्त्री जुन पार्टीको हुन्छ, उसकै कार्यकर्ता केन्द्रित हुने राष्ट्रिय खेलकुद परिषद्को बद्नाम गर्ने कांग्रेसका पर्खालमन्त्रीका रुपमा परिचित बलबहादुर केसी हुन् ।
उनले परिषद्मा नौ सयभन्दा बढी कार्यकर्तालाई जागिर दिए, खेलकुद हावा खायो, जय नेपालकर्ताले भत्ता खाए । राष्ट्रको खेलकुदलाई बद्नाम गराए । कतै प्रधानमनत्री ओलीको विश्वासी रमेश सिलवाल त्यही बाटोमा त छैनन् ?
जो दशरथ रंगशालामा घाँस बढेकोमा चासो लिन्छन्, फँडानी गर्छन् । तर, पुनर्निमार्णण्को समस्यातर्फ सचते देखिँदैनन् । एमालेको ओली गुट हो, हिजैबाट पार्टीभित्रबाटै विद्या भण्डारीलाई चुलीमा पुर्याउने माया ज्ञवालीलाई वास्ता नगर्ने ।
आखिर दसढुंगा प्रकरणमा दुवैले जीवनसाथी गुमा्रएका हुन् । यिनै ओलीले विद्यालाई सांसद, दुई पटक मन्त्री दुई पटक राष्ट्रपति बनाए । तर, मायाको लागि चासोसम्म दिएनन् । यो भेदभावको सर्वत्र विरोध भयो ।
अहिले भने मायालाई घर पार्टीले दियो समानुपातिक सांसद् पनि बनाएको छ । अहिले नेकपाको नेतृत्व वर्गीय धरातल च्युत छ भन्ने कुरा खगराज अधिकारी कास्कीको उपचुनाव कमाण्डर बनेबापत मन्त्री पदका हकदार बनाइँदै छन् भन्ने प्रमाण हो ।
नेकपाभित्र नेताको स्वार्थ नेताकै सुख, सयल आनन्दबाहेक सोच्ने स्थिति गुम्दैछ भन्ने प्रमाण हो यो । पार्टीका निम्ती लड्ने नेताले पार्टीकै लागि पाँच वर्ष समय दिन नसकेर वामदेवलाई सांसद नै चाहियो ।
चुनाव जितेपछि उपप्रधानमन्त्री नै चाहियो भन्ने हुन् । अहिले नै उपाध्यक्ष संगठन विभाग प्रमुख किसान महासंघको अध्यक्ष पद हुँदा उनलाई पुगेन, दबाबमा उल्लेख छ ।
कास्कीका सोमनाथ प्यासी पार्टीको निर्वाचन आयोग अध्यक्ष छन् । रश्मी आचार्य पोखरामै हल्लिएका छन् । तर, उपचुनावमा टुरिष्ट वामदेव लगिँदैछ । के छ उनको त्यस्तो पावर संसदीय मोर्चामा ।