काठमाडौं । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्धेश्यले देशभर डेढ खर्ब हाराहारी लगानी गरेर स्थापना गरेको उड्डयन क्षेत्र अन्तर्गतका ४९ वटा विमानस्थलमध्ये ४१ वटा घाटामा संचालन भइरहेका छन् । जसमध्ये १६ वटा विमानस्थल यात्रु र जहाजको अभावमा बन्द छन् भने नाफामा ८ वटामात्रै देखिएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार, हालै सम्पन्न आर्थिक वर्ष ०७५र७६ मा ८ वटा विमानस्थलमात्रै नाफामा देखिए । ‘विमानस्थलको आम्दानी र प्राधिकरणले व्यहोर्ने संचालन खर्चका आधारमा गत वर्ष ४१ वटा विमानस्थल घाटामा गए’ प्राधिकरणको अर्थ विभाग निर्देशक गोविन्द दाहालले कान्तिपुरसँग भने, ‘संचालन खर्च तथा आम्दानीका आधारलाई मात्रै मापदण्ड बनाउदा ८ वटा विमानस्थलमात्रै नाफा आर्जन गरे ।’
प्राधिकरणका अध्यक्ष रहेका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भदौं १९ गते स्विृकत गरेको ०७६र७७ को नीति, बजेट तथा कार्यक्रम अनुसार, नाफामा रहेका विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछी तराईमा रहेका भैरहवा, नेपालगंज, बिराटनगर, सिमरा, भरतपुर, र धनगढी विमानस्थल छन । त्यस्तै अत्याधिक पर्यटक चल्ने पोखरा, लुक्ला, जोमसोम र सिमिकोट पनि नाफामा देखिए ।
गत वर्ष सर्वाधिक आम्दानी गर्नेमा काठमाडौं विमानस्थल परेको छ । यसले ८ अर्ब ११ करोड आम्दानी गरेको थियो । काठमाडौंपछी पोखरा विमानस्थलले ९ करोड ३९ लाख, विराटनगरले ८ करोड ८० लाख, भैरहवा विमानस्थलले ७ करोड ६७ लाख, नेपालगंजले ७ करोड ५७ लाख, धनगढीले २ करोड ७६ लाख, भरतपुरले २ करोड ३० लाख, लुक्लाले २ करोड, सिमराले १ करोड ८३ लाख र सिमिकोट विमानस्थलले १ करोड ३१ लाख रुपैया आम्दानी गरेका थिए ।
विमानस्थलहरुको मुख्य आयस्रोतमा जहाज उडानमा उपलब्ध गराउने संचार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमिस्थ प्रवन्ध, गृह आश्रृय लगायतका कम्तीमा पनि दुई दर्जन हाराहारी सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत पर्छन् ।
हाल बन्द रहेका विमानस्थलमा दार्चुला, बैतडी, बझाङ, ढोरपाटन, डोटी, जिरी, कांगेलडाँडा, लाङटाङ, महेन्द्रनगर, मनाङ, मसिनेचौर ९डोल्पा०, पालुङ, रोल्पा, मेघौली, स्याङबोचे र टिकापुर विमानस्थल छन् । प्राधिकरणले हाल ६ वटा आन्तरिक विमानस्थल ९अर्घाखाची, गुल्मी, इलाम, कालिकोट, कमलबजार र खिजिचण्डेश्वरी० तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये पोखरा र गौतमबुद्ध–भैरहवा० निर्माण भइरहेका छन् भने निजगढ निर्माण हुने प्रक्रियामा छ ।
संचालनमा रहेका ४९ मध्ये ३२ वटा कालोपत्रे धावनमार्ग भएका विमानस्थल हुन । चालीस वर्षपछि बैतडी, बझाङ, डोल्पा मसिनेचौर, डोटी, कालिकोट र लामीडाडा विमास्थल कालोपत्रे हुदैछन् । हाल चालु अवस्थामा रहेका ४९ मध्ये ४१ वटा विमानस्थलमा रात्री उडान सुविधा छैन । रात्री उडान गर्न सकिनेमा काठमाडौंबाहेक बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगंज र सिमरामा मात्रै हुन ।
प्राधिकरणले एक वर्षअघि परामर्शदातामार्फत गराएको सम्पत्ती मूल्यांकन प्रतिवेदन अनुसार, देशभरका सबै विमानस्थल, पुर्वाधार, भवन, धावनमार्ग लगायतमा सरकारको लगानी कम्तीमा १ खर्ब ३७ अर्ब ६४ करोड रुपैया सम्पत्ति पुगेको छ । यी सबै विमानस्थलको तालुक निकाय प्राधिकरणको माषिक आम्दानी ६० करोड हाराहारी रहेको छ ।
प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार, चालु वर्ष प्राधिकरणले ४६ अर्ब ९६ करोड रुपैया बराबरको बजेट ल्याएको छ । जसमा ८ अर्ब ३३ करोड रुपैया बराबरको एरोनटीकल र ननएरोनटीकल आय प्रक्षेपित गरेको छ ।
गत वर्ष प्राधिकरणले ७ अर्ब १५ करोड आम्दानी गरेको थियो । प्राधिकरणको कुल बजेट ४६ अर्बमा २९ अर्ब प्राधिकरणको स्रोत रहेको छ भने बाँकी १७ अर्ब नेपाल सरकारले उपलब्ध गराउने शेयर, ऋण र अनुदानको हिस्सा रहेको छ । कान्तिपुरबाट ।