• असोज ४,

    एजेन्सी । करेबीयन प्रिमियर लिग अन्तर्गत सन्दीप लामिछानेको टिम बार्बेडोस ट्राइडेन्टले सेन्ट लुसिया जुक्सलाई ७१ रनको अन्तरले पराजित गरेको छ।

    ट्राइडेन्टले घरेलु मैदानमा जुक्सलाई ७१ रनको ठूलो अन्तरले हराउँदै दोस्रो जित दर्ता गरेको हो । बार्बेडोसले पहिले ब्याटिंग गर्दै दिएको १७३ रनको लक्ष्य पछ्याउदा सेन्ट लुसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्रै बनाउन सफल भएको थियो । यस खेलमा बार्बेडोसलाई जिताउनका लागि नेपालका खेलाडी सन्दीप लामिछानेले समेत योगदान दिएका छन् । उनले यो खेलमा १ विकेट लिन सफल भएका थिए ।

    त्यसैगरी जोशुआ बिशप र जेसन होल्डरले २/२ विकेट लिन भ्याए भने रेमन रिफर र जोश ललोरले समान १ विकेट लिए। सेन्ट लुसियाको लागि हार्दुस भिलजोनले सर्वाधिक ३१, कोलिन डी ग्रयाण्डहोमले २८ तथा आन्द्रे फ्लेचरले १४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बार्बेडोस ट्राइडेन्टले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो। उसको लागि ओपनर जस्टिन ग्रेभ्सले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर जोन्सन चार्ल्सले २८ रन बनाए। पहिलो विकेटको लागि चार्ल्स र ग्रेभ्सको बीच ८१ रनको साझेदारी भएको थियो।

    मध्यक्रममा जोनाथन कार्टरले ३०, जेपी डुमिनिले १८, यसले नर्सले १५ रन बनाए। जेसन होल्डरले अविजित १० रन बनाए। सेन्ट लुसियाको लागि केसरिक विलियम्सले ३ विकेट लिए पनि ४ ओभरमा सबैभन्दा महान्सो सावित हुने क्रममा ४४ रन खर्चिए। ओबेड म्याककोयले २ विकेट लिए।

    बार्बेडोसले जितसँगै अंकतालिकामा ४ अंकसहित चौथो स्थान हासिल गरेको छ। हारपछि सेट लुसिया ५ खेलमा १ जित र ४ हारको साथ २ अंकसहित पाँचौ स्थानमा छ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…