• काठमाडौँ, ४ असोज ।  अहिलेको समयमा ग्यास्ट्रिक नभएको नेपााली भेटाउन गाह्रो हुन्छ ।मानिसको अल्छीपनाले ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । खाना र व्यायाममा ध्यान नदिँदा र बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो ।

    ग्यास्ट्रिकका लक्षण

    ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउँछ । ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटुवरिपरिको क्षेत्र दुखेको अनुभव हुनेलगायतको लक्षण देखाउँछ ।

    ग्यास्ट्रिकबाट बच्ने उपाय

    ग्यास्ट्रिकबाट बच्नका लागि रहनसहन र खानपिनले ठूलो भूमिका खेल्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले ग्यास्ट्रिक नहुन सक्छ । रातको समय लगातार ७–८ घन्टाको सुताइले शरीरमा पानीको अभाव हुन जान्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउन आवश्यक हुन्छ । तर, उठ्नेबित्तिकै जुसको भने प्रयोग गर्नु हुँदैन । खाली पेटमा यस्ता पेय पदार्थ खाँदा पेटमा ग्यास भरिन जान्छ ।

    ग्यास्ट्रिक भएमा समय–समयमा खाना खाइरहनुपर्छ । खाली पेट बस्ने भूल गर्नु हुँदैन । यसरी खाली पेट बस्दा ग्यास्ट्रिकको मात्रा बढ्दै जान्छ । तारेको र भुटेका खाद्य पदार्थ निकै कम प्रयोग गर्नुपर्दछ । यस्ता खाद्य पदार्थको नियमित प्रयोगले पाचन प्रक्रियामा समस्या सिर्जना गर्छ र ग्यास्ट्रिक बढ्न जान्छ ।

    ग्यास्ट्रिक हुनेहरू अल्कोहलबाट टाढै रहनुपर्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्छ । यस्तो कुरामा सचेत हुनुपर्छ । शारीरिक श्रम र व्यायाम नगर्नेहरूलाई पनि ग्यास्ट्रिक हुन्छ । धूम्रपान, चिया–कफी बढी पिउँदा पनि ग्यास्ट्रिक बढ्छ । ग्यास्ट्रिक हुनेले निकै कम मात्रामा चिया पिउनुपर्छ ।

    योगबाटै निको पार्न सकिन्छ

    नियमित योग गर्दा पनि ग्यास्ट्रिकरहित बन्न सहयोग पुग्छ । ग्यास्ट्रिक निको पार्न गरिने योगका आफ्नै नियम छन् । त्यसका लागि पहिले ढाड र गर्दनलाई सीधा राखेर बस्नुपर्छ । त्यसपछि जोडसँग श्वास लिएर फ्याक्नुपर्छ । यस्तो क्रियाकलाप पटक–पटक गर्न जरुरी हुन्छ । तर, यस्तो योग खाली पेटमा भने गर्नु हुँदैन ।

    ग्यास्ट्रिकबाट बच्न अर्को तरिकाले पनि योग गर्न सकिन्छ । त्यसका लागि दुवै खुट्टा जोडेर घोप्टो परी सुत्नुपर्छ । त्यसपछि दुई हत्केलाले भुइँ टेकेर आकाशतर्फ हेर्नुपर्छ । त्यसपछि बिस्तारै श्वास लिँदै छाती फुलाउनुपर्छ । त्यसपछि केहीछिन श्वासलाई रोक्ने कोसिस गर्नुपर्छ । त्यसपछि श्वास छाडेर पहिलेकै अवस्थामा फर्कनुपर्छ । नाडीशोधन योग गरेर पनि ग्यास्ट्रिक निर्मूल पार्न सकिन्छ । समाचारपत्रबाट



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…