•  

    रतुवामाई । निजी तथा आवसीय बिद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन नेपाल ) रतुवामाई नगरसमितिले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरेको छ । भाद्र २० गते रतुवामाई ९ मा अवस्थित शर्वेश्वर शिब मन्दिरको सामुदायीक भबनमा सम्पन्न सो कार्यक्रममा नृत्य ,गायत तथा अंग्रेजी हिज्जे प्रतियोगीता समेटिएको थियो ।
    नगरपालिका भरिका निजी बिद्यालयहरुको उपस्थितीमा समपन्न सो प्रतियोगितात्मक कार्यक्रममा प्रमुख अतिथीका रुपमा रबिन राई, बिशिष्ट अतिथीहरु प्याव्सन बरिष्ठ उपाध्यक्ष सिव कला सुब्बा , प्याव्सन जिल्ला सचिब प्रेमलाल सिंह सुवाल र केन्द्रिय प्याव्सन सदस्य लेखनाथ भट्टराई को उपस्थिती रहेको राष्ट्र निमार्ण सेकेण्डरी अंग्रेजी स्कुल का प्रिन्सिपल बिश्वास ढकालले जानकारी दिनुभयो ।

    प्रतियोगीतात्मक कार्यक्रम अन्तर्गत गायन तर्फ अन्नपुर्ण ई. स्कुलकी दृश्या परियार प्रथम भईन । त्यस्तै दोश्रो सयपत्रि ई. स्कुलका सोमराज कार्की, तेस्रो राष्ट्र निमार्ण सेकेण्डरी अंग्रेजी स्कुलकी बिनिता भण्डारी र सान्त्वना पुरस्कार मुनाल आदर्शका सचिन थापाले पाए ।
    जुनियर लोक नृत्य प्रतियोगिता तर्फ प्रथम पाथिभरा ई. स्कुल, दोश्रो मुनाल आदर्श , तेश्रो राईजीङ नेपाल सेकेण्डरी ई. स्कुल , र सान्त्वना स्टार माडेल ई. स्कुलले प्राप्त गर्यो ।
    हिज्जे तर्फ प्रथम मुनाल आदश,दोश्रो दाम्राभिट्टा सेकेण्डरी स्कुल ,तेस्रो मोरङ चिल्ड्रेन र सान्त्वना पुरस्कार सयपत्री ई. स्कुलले प्राप्त गर्यो । सिनियर नृत्य तर्फ मुनाल आदर्श प्रथम , राइजिङ नेपाल दोश्रो , पाथिभरा ई. स्कुल तेस्रो र निमार्ण सेकेण्डरी अंग्रेजी स्कुल सान्त्वना पुरस्कार बाट पुरस्कृत भयो।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …