• असोज ४, चितवन । सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि आन्दोलित विद्यार्थी र चितवन मेडिकल कलेजबीच शनिबार भएको वार्तामा सहमती जुटेको छ ।

    सहमती अनुसार सरकारले तोकेको भन्दा लिइएको बढी रकम ३० दिनभित्र फिर्ता वा समायोजन गर्न मेडिकल कलेज सहमत भएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा आन्तरीक समस्या, मागका विषयमा विद्यार्थी र कलेज प्रशासनले छलफल गरेर टुंग्याउने, आईतबारदेखि सबै आन्दोलनका कार्यक्रम स्थगीत गरी पठनपाठन संचालन गर्ने, बढी शुल्क फिर्ता वा समाजोजन गर्दा केही समस्या आए समाधान गर्न समिति गठन गर्ने सहमती भएको छ ।

    शुल्कको विषयलाई लिएर विद्यार्थीहरु तीन सातादेखी पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरुले विना रसिद कलेज प्रशासनले रकम असुलेको भन्दै विरोध गर्दै आएका थिए ।

    मन्त्री परिषदको गत असोज २८ गते बसेको बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौं उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडिएसका लागि १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क निर्धारण गरेको थियो । तर त्यस भन्दा करिब ४,५ लाख बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…