उर्लाबारी । तेस्रो उर्लाबारी रनको खुल्लातर्फको विराटनगरका सुवास कार्की (पुरुष) र धरानकी निकी नेम्बाङ (महिला) को उपाधि जितेका छन् ।
सामुदायिक विकास मञ्च उर्लाबारीको आयोजनामा शनिबार शान्ति दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताको उपाधिसँगै पुरुषतर्फको विजेता कार्कीले नगद ११ हजार र महिलातर्फको विजेता नेम्वाङले १० हजार रुपैयाँ पाइन् । उनीहरु दुबै जनाले पाँच लाख रुपैयाँ बराबर बिमा पाए । खुल्ला पुरुषतर्फ दोस्रो विराटनगरकै जितेन दनुवार भए । उनले नगद ९ हजार पाए । त्यस्तै, सोही समूहमा अर्धाखाँचीका शिव रायमाझी तेस्रो हुँदै नगद ७ हजार पाए भने चौँथो खोटाङका सिकेश राईले नगद १ हजार रुपैयाँ पुरस्कार पाए ।
त्यस्तै, महिलातर्फ दोस्रो दमककी चन्द्रकला भूजेल भइन् । उनले नगद ७ हजार पाइन् । त्यस्तै, दमककै संगीता तामाङ तेस्रो भइन् । उनले नगद ५ हजार पाइन् ।
त्यस्तै, भेट्रानतर्फ प्यूठानका दामोदार बुढामगरले उपाधि जिते । उनले नगद ५ हजार र पाँच लाख रुपैयाँ बराबरको बिमा पाए । त्यस्तै, दोस्रो धरानका मंगलबहादुर तामाङ दोस्रो, तेस्रो धरानका रामप्रसाद उराव र चौथो उर्लाबारीका युवराज दाहाल भए । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पाए । त्यस्तै, उर्लाबारी नगर स्तरीय खुल्ला दौड पुरुषतर्फ पुरुष प्रथम उर्लाबारी–७ का अर्जुन श्रेष्ठ, दोस्रो उर्लाबारी–७ कै गजेन्द्र निरौला, तेस्रो उर्लाबारी–१ का सविन राई र चौँथो उर्लाबारी–९ का विवेक कार्की भए । प्रथम, दोस्रो, तेस्रो र चौँथो हुनेले क्रमशः ४ हजार, ३ हजार, २ हजार र ५ सय रुपैयाँ पुरस्कार पाए ।
प्रथम हुने श्रेष्ठले ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाए ।
त्यस्तै, नगर स्तरीय महिलातर्फ प्रथम उर्लाबारी–१ की विनु अधिकारी, दोस्रो उर्लाबारी–५ की मुना चौलागाई, तेस्रो उर्लाबारी–६ की सोल्मा राई र चौँथो उर्लाबारी–६ की रिना बोहोरा भइन् । प्रथम, दोस्रो, तेस्रो र चौँथो हुनेलाई नगद ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँ पुरस्कार गरियो । प्रथम हुने अधिकारीले ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाइन् । १४ बर्ष मुनिका बालकतर्फ धरानका किरण राई प्रथम भए । उनले नगद ३ हजार र ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाए ।
त्यस्तै, दोस्रो दमकका युवराज लिम्बू, तेस्रो दमककै पवनकुमार साह र चौँथो धरानका राजन राई भए । उनीहरुले क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ पाए । त्यस्तै, बालिकातर्फ धरानकी प्रेमा तामाङले जितिन् । उनले नगद नगद ३ हजार र ५ लाख रुपैयाँ बराबरको बिमासमेत पाइन् । त्यस्तै, दोस्रो दमककी लक्ष्मी भुजेल, तेस्रो उर्लाबारीकी पुजा विमल र चौँथो उर्लाबारीकी इर्शा राई बनिन् । उनीहरुले क्रमशः २ हजार, १ हजार र ५ सय रुपैयाँ पाए । स्वास्थ्यका लागि दौड भन्ने मुख्य नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक प्रभू राईले जानकारी दिए । राष्ट्रियस्तरमा उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
तस्बिरहरु सोनु लिम्बू÷रातोकलम