• उर्लाबारी, असोज ४
    पञ्चकन्या वचत तथा ऋण सहकारी संस्था उर्लाबारीको अध्यक्षमा चन्द्रबहादुर भट्टराई चयन हुनुभएको छ ।
    शनिबार सम्पन्न १२ औँ चुनावी साधारणसभाले भट्टराईलाई तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा सुरेन्द्रबहादुर कार्की, सचिवमा तेजबहादुर घिमिरे, सहसचिवमा केदार रिजाल, कोषाध्यक्षमा नरबहादुर बि.क. र सदस्यहरुमा नरमाया थापा, इन्द्रबहादुर भट्टराई, तुलसी खतिवडा, वीरेन्द्र थापा रहेका छन् ।


    लेखा समिति संयोजकमा जीवनचन्द्र सापकोटा र सदस्यहरुमा नगेन्द्र घिमिरे तथा विष्णुप्रसाद अधिकारी चयन भएका छन् । यसअघि राष्ट्रिय सहकारी बैंक उर्लाबारीकी प्रमुख मुना केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले पत्रकार जगन्नाथ भट्टराई, व्यवस्थापक मणिकुमार भट्टराईसहित ज्येष्ठ नागरिक, असल वचतकर्ता, असल ऋणीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि केसी, विशिष्ट अतिथि उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…