• रूपेन्द्र शेर्मा
    उर्लाबारी, ४ असोज/मोरङको उर्लाबारी–५ स्थित सिद्धिविनायक बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभामा शनिबार १२ जनालाई सम्मान गरिएको छ ।
    स्थानीय श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको साधारणसभामा शेयर जमानी कर्जातर्फ विमला श्रेष्ठ, व्यक्तिगत कर्जातर्फ आरती थापा, व्यापारीक कर्जातर्फ मणिराज विक, व्यावसायिक कर्जातर्फ बसन्त गदाल र कृषि तथा विशेष कर्जातर्फ दुर्गाप्रसाद सुवेदीलाई सम्मान गरिएको हो ।
    त्यसैगरी अनिवार्य बचततर्फ सीतादेवी रिजाल, ऐच्छिक बचततर्फ रामप्यारी तामाङ, बाल बचततर्फ दीक्षा कार्की, दैनिक बचततर्फ जुगलकिशोर बाहेती र अर्जुन न्यौपानेलाई सम्मान गरिएको छ ।
    सोही अवसरमा उर्लाबारी बहुमूखी क्याम्पस प्रमुखमा नियुक्त भएवापत संस्थापक सदस्य बेधराज भट्टराई र पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन ः निर्विरोध निर्बाचित भएवापत भरत भट्टराईलाई सम्मान गरिएको छ ।
    संस्थाका अध्यक्ष सुरविर कार्कीको अध्यक्षतामा भएको सो सभामा पूर्व अध्यक्ष तेजनाथ निरौला, भानुभक्त शर्मा पराजुलीलगायतले बोलेका थिए । संस्थाका सचिव ऋषिकेश खनालले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…