•  

    काठमाडौं / प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमति काममा खटिन सक्ने उनका निजि चिकित्सक र सचिवालयका सदस्यहरुले बताउँदै आएका छन् । प्रधानमन्त्री स्वयं समेत आफ्नो दैनान्दिन कार्यक्रममा सक्रिय सहभागिता जनाई नै रहेका छन् । भलैं त्यस्ता सक्रियता वालुवाटार बाहिर भन्दा पनि भित्रैबाट प्रधानमन्त्री ओलीले बढाईरहेका छन् ।

    २० भदौंमा दोश्रो पटक सिंगापुरमा उपचार गराई फर्केपछि प्रधानमन्त्री ओली खासै वालुवाटार वाहिरका कार्यक्रममा सहभागी भएका छैनन् । तीन चार पटक मात्र उनी वालुवाटार वाहिर निस्केका छन् ।

    आजैं मात्र प्रधानमन्त्री ओली संविधान दिवस मूल समारोह समितिले आयोजना गर्ने विशेष समारोहमा सहभागी भईरहेका छन् । नत्र उनी सार्वजनिक कार्यक्रममा भन्दा आन्तरिक काममै लागिरहेको देखिन्छन् । उनले वालुवाटारमै आफुलाई केन्द्रीत गर्ने, त्यहीबाट दैनान्दिनका कामहरु गर्ने गर्दै आईरहेका छन् । यतिसम्मकी उनी २० भदौंमा स्वदेश फर्के यता दुई पटक मन्त्रिपरिषद्को बैठक समेत वालुवाटारमै वसेको छ ।

    तर यहाँ उठाउन खोजिएको विषय हो , – के प्रधानमन्त्री अझै राम्रोसँग आफै हिडडुल गर्न सक्दैनन् ?

    भदौंमा मात्र दुई पटक सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री स्वदेश फर्किदा उनको स्वागतका लागि बसेका सम्माननिय सभामुख कृष्णबहादुर महरा देखि मन्त्रीहरुसम्म र सर्वसाधारणहरुसम्मका अगाडी सुरक्षाकर्मीकै आडमा उनी हिडिरहेको देखिएको थियो ।

    यति मात्र होइन, अघिपछि पनि प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नै प्रधानमन्त्रीलाई साहरा दिने गरेको र त्यसपछि मात्र विस्तारै प्रधानमन्त्री हिड्ने गरेको दृश्य प्रत्यक्ष देखिने गरेको छ ।

    विहिवार मात्रै पनि प्रधानमन्त्री निवास वालुवाटारमै प्रधानमन्त्रीका लागि बनाइने नयाँ आवासको सिलान्यास कार्यक्रममा प्रधानमन्त्रीलाई डो¥याएर ल्याउने देखि सिलान्यास गराउदा बसाल्ने, उठाउने सम्मका काममा सुरक्षार्कीले नै सहयोग गरिरहेको देखिन्थ्यो । कुनै न कुनै रुपमा प्रधानमन्त्रीको साहरा (टेको)मा सुरक्षाकर्मीले साथ दिईरहेका देखिन्थे ।

    यसले पनि प्रधानमन्त्री गलेको जस्तो अनुमान लगाउन सकिन्छ । के प्रधानमन्त्री आफै सहज हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न ? उनको सचिवलायले यस विषयमा खासै प्रतिक्रिया दिन मानेको छैन । ‘होइन, उहाँ हिड्न सक्नुुहुन्छ आफै पनि । किन नहिडनु ? हिडिरहनु भएकै त छ ?’ प्रधानमन्त्रीका एक सल्लाहकारले सफल खबरसँग भने,–‘सामान्य सुरक्षाकर्मीले साहारा दिन खोज्नु सामान्य विषय हो ।’

    प्रधानमन्त्रीलाई सिंगापुरमा मृगौलाको प्लाज्मा फेरेसिस गरिएको थियो । १२ वर्ष अगाडी मृगौला प्रत्यारोपण गरिएको र त्यसैको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रधानमन्त्रीको सिंगापुरमा गरिएको थियो ।

    उनका नीजि चिकित्सक डा दिब्या सिंहले प्रधानमन्त्री नियमित काममा फर्किन सकेको र स्वास्थ्य सामान्य रहेको प्रतिक्रिया दिइन् । तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा उनी पनि खास बताउन चाहान्निन् ।

    संसदमै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गरेर आराम गर्नका लागि विदाई दिनुपर्ने धारणा नै सार्वजनिक गरेका थिए । ओलीले पनि अव आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै जथाभावी पहिले जसरी कार्यक्रममा नदेखिने, नगई नहुने कार्यक्रममा मात्र सहभागिता जनाउने र सकभर बालुवाटारबाटै दैनान्दिनका काम गर्ने योजना बनाईरहेको वालुवाटार स्रोत बताउँछ ।

    साभार : पाथिभारा डेल्ली

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…