•  

    पथरी । पथरीकी रिना बस्नेतको मृत्यु प्रकरण अहिले पनि बेला बेलामा उठिरहेको छ । तर प्रहरीले तिन तलामाथिबाट खसेर मृत्यु भएको थियो । यसलाई कसैले हत्या भने त कसैले मापसे गरेर झरेर मृत्यु भएको भने । अनुसन्धानमा थुप्रैलाई पक्राउ गरि प्रहरीले केरकार गर्यो ।

    आमा बिष्णुमाया खड्काले छोरीको आत्महत्या नभएर हत्या नै भएको बताउँछिन् । उनलाई आत्महत्या भन्ने कुरामा रतिभर विश्वास छैन् । तर, अनुसन्धान गर्ने निकाय प्रहरी प्रसाशन हो । प्रहरीले , हत्या नभएर आत्महत्या भएको निश्कर्ष निकालेको छ । तर बजारमा अझै रिनाको विशषमा टिकाटिप्पणी आईरहेको छ । ‘पथरीमा बजारमा पैसामा ठिसमिस भयो केस भन्नेहरु धैरै छन, तर तथ्यगत प्रमाण भने छैन् ।

    रिनाको आमाले छोरीको हत्या भएको बताउछिन् । सबैलाई हत्या भएको भनेर थाहा छ,तर राज्यले किन आत्महत्या भन्यो ? आमाको प्रश्न छ । रिनाको आमाले एकदिन न एकदिन बाहिर रहस्य आउने र हत्यारा पत्ता लाग्ने बताईन् । हामीलाई बाउआमा पनि बिके भनेर भनिएको रैछ, आफ्नो सन्तान त्यस्तो अवस्थामा फेला पर्दा के तपाईहर पैसा खान सक्नुहुन्छ, आमा बिष्णुमायाले गहभरी आँशु पार्दै भनिन् ।

    २९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट र अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको प्रहरीले बताएका थियो । प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो ।

    रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो।

    रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…