• असोज ५, काठमाडौँ । दशैंमा घर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै आज (आज)देखि टिकट बुकिङ खुल्ला गरिएको छ । काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुहरुका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    दशैं तिहारजस्ता चाडपर्वमा काठमाडौँबाट देशका विभिन्न जिल्ला जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको विभाग महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागका अनुसार यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला गरिने भएको छ ।

    सीमित रुट इजाजत पाएका सवारी साधन पनि देशभर चल्न पाउने विभागले जनाएको छ । विभागका महानिर्देशक हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गर्नका लागि गृहकार्य भइरहेको पनि बताए । रुट खुल्ला भएपछि दशैंमा घर जाने यात्रुहरुलाई सवारी साधनको कमी नहुने विभागको विश्वास छ ।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…