• असोज ५, २०७६ काठमाडौं : शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।

    शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए।

    बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

    खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…