• इनरुवा, ५ असोज ।

    नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिटै मुक्त हुने बताउनु भएको छ ।

    अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधनका क्रममा टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताउनु भयो ।

    रेशमलाल चौधरीका झुटा मुद्दा खारेज हुने विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउनु भएका प्रचण्डले निर्णय कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

    रेशमलाल चौधरी तर्फ लक्षित गर्दै प्रचण्डले जनमत पाएर निर्वाचित सांसदलाई ससम्मान राजनीतिमा आउने वातावरण बनाइने बताउनुभयो । जसका लागि पार्टी पंक्ति लागि परेको दाहालको भनाई छ ।

    अध्यक्ष पुष्पकमल दाहालले रेशमलाल चौधरी तर्फ लक्षित गर्दै छुट्ने संकेत गरेपछि आदिवासी जनजाति नेताहरु पुष्पकमल दाहाल प्रति सकारात्मक
    टिपणी गर्न थालिएको छ ।

    थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई नेकपाका प्रदेश संयोजक भीम आचार्यसहित कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरी लगायतकाले सम्बोधन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…