असाेज ६ । ज्योतिषशास्त्र अनुसार कुनै पनि मानिसको बानि ब्यबहार उसको जन्मेको बार अनुसार थाहाँ पाउन सकिन्छ । मानिसको जन्मेको जन्मबार, महिना र समयले नै कुन दिन जन्मेको मानिसको ब्यबहार कस्तो र कति भाग्यमानी हुन्छ भन्ने पत्ता लागाउन सकिन्छ ।
ज्योतिषशास्त्रमा मानिस जन्मेको दिनलाई आधार मानेर उसको बानि ब्यबहार पत्ता लगाइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार सोमबार जन्मने मानिस तेज स्मरण शक्तिको हुने बताइएको छ । यस दिन जन्मेका मानिसहरु निकै संवेदनशील र नर्भस हुने खालका हुन्छन् ।
त्यस्तै सोमबार जन्मने मानिस पढाईमा पनि तेजिला र जागरिला हुन्छन् । उनीहरु आफ्नो परिवारसंग जिवन बिताउन निकै रहर गर्छन् । अरुलाई निकै माया गर्ने स्वभाब भएका यी मानिसहरु आफ्नो सौन्दर्यलाई पनि धेरै ध्यान दिन्छन् । यस दिन जन्मने मानिसहरु लोभि हुने हुनाले कुनैले श्रीमतीको गाली पनि सुन्ने गर्छन् । एजेन्सी