• विराटनगर । मोरङका एक किसानले आफुले पालेको गाई मरेको भन्दै काजक्रिया गरेका छन ।

    आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार सम्पन्न गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको गत असोज २ गते बिहिबार मृत्यु भएको थियो ।

    भखैरै व्याएको आठ दिनमात्र भएकोे लैनोगाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । उन्नत जातको होलेष्टन जातको गाई थियो गाई सुत्केरी भएको आठ दिनमै म¥यो हेमलाले भने ।

    गाईको जुठो बार्न हेमलाका दाजु माधबप्रसाद पौडेलले बसेको थिए । उनले गाईको तीन दिने मृत्यु संस्कार गरेका हुन । गाई व्याएको आठ दिनका दिनमा मरे पछि हिन्दु संस्कार अनुसार तीन दिनसम्म काजक्रिया गरिएको काजक्रिया गर्न बसेका माधबप्रसाद पौडेलले बताए । व्याएको आठ दिनको दिन गाई मरे पछि अहिले बाछोलाई भैसींको दुध खुवाई राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…