• असोज ६, २०७६ धनगढीः तीन वर्षीया छोरीको हत्या गरी बाबुले आत्महत्या गरेका छन् ।

    जिल्लाको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले विषादी दिएर छोरीको हत्या गरेका हुन्। त्यसपछि आफूले पनि विषादी खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले तीन वर्षीया छोरी अनुष्कालाई विषादी खुवाएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव

    उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुन्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए। सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको इजलासले उनलाई निर्दोष

    ठहर गरेपछि उनी छुटेका थिए। छुटेको झन्डै डेढ महिनापछि उनले नाबालक छोरीसहित बिष खाएर आत्महत्या गरेका हुन्। यसबारेमा अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए। उनले भने, ‘सफाइ पाइसकेपछि उनले किन छोरीको हत्या गरेर आफूले आत्म

    हत्या गरे भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’ अदालतको फैसलामा सुसाइट नोट लेखेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आइतबार राति विष खाएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…