• अर्जुन जम्नेली राई

    सुनसरी । प्रदेश १ लाई संमृद्द बनाउन किरात पहिचानको आधारमा नाम रहनुपर्ने माग सहित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्बद्द किराँती राष्ट्रिय मुक्ती मोर्चाले पुन कृयाशील हुने भएको छ ।

    तत्कालीन माओवाद केन्द्र र एमाले एकता गरि नेकपा बनेपनी जातीय मोर्चाको एकता हुँन बाँकी नै रहेको छ ।

    नेकपा तीनै तहको सत्तामा रहेपनी पहिचानको आधारमा प्रदेशको नाम राख्न आनाकानीहुनुको साथै लोक सेवा आयोगले उत्पीडित समुदायको आरक्षण कटौती, आदिवासी समुदायको चाड पर्बमा दिइन्दै आएको सार्वजनिक विदा कटौती भएपछि किराँती मोर्चाले आफ्नो गतिविधि बढाउने निर्णय गरेको हो ।

    असोज ४ गते इटहरीमा प्रदेश १ को नाम किरात प्रदेश बारे अन्तरकृया र ५ गते धरानमा केन्द्रीय बैठक गरि संमृद्दीको लागि प्रदेशको नाम किरात राख्न कृयाकलाप गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किरातीले बताए ।

    प्रदेशको नामको लागि प्रदेश सभामा नेतृत्वमा रहेका संसदीय दलको नेता तथा सचेतकहरु, सभामुख, सभासदस्य र सरकारको प्रतिनिधिहरुसँग भेटघाट, अन्तरकृया, किरातमा साझा नामको लागि लिम्बू, धिमाल, राजवंधी, किरात यक्थुङ चुम्लुङ, यायोक्खा, याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायत सरोकार वाला संघ, संस्थाका प्रतिनिधिहरुसँग छलफल परामर्श गर्ने निर्णय भएको बताइएको छ ।

    बैठकले न्याय, स्वतन्त्रता, सम्मानताको साथै समानुपातिक, समावेशी राज्य व्यबस्था कायम र पूर्ण समानुपातिक निर्वाचन प्रणाली र काटिन्दै गएको अधिकार स्थापित गर्न शान्तिपूर्ण संघार्ष जारी निर्णय भएको संगठनको महासचिव अर्जुन किरातीले बताए ।

    पार्टीको केन्द्रीय सदस्य तथा आदिवासी जनजाती महासंघ नेपालको केन्द्रीय संयोजक शुरेस आलेमगर, केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सचिव शुरेसकुमार राई लगायतको उपस्थितमा भएको मोर्चाको बैठकले संगठन सुदृढीकरण गर्दै किरात राई लोकतान्त्रिक संघसँग एकता गर्ने लगाएतको ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…