• काठमाडौं । अर्जेन्टाइन तथा स्पेनिश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड जित्न सफल भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले उक्त अवार्ड जितेका हुन् ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलानमा आयोजित विशेष समारोहमा मेस्सीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

    अवार्ड जित्ने क्रममा मेस्सीले पोर्चुगिच खेलाडी एवं इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र इंगलिश क्लब लिभरपुलका भर्गिल भान डाइकलाई पछि पारे ।

    कसले कसलाई हाले भोट ?

    मेस्सीले सादियो मानेलाई पहिलो नम्बरमा, क्रिष्टियानो रोनाल्डोलाई दोस्रो नम्बरमा र फ्रेन्की डि जोङलाई तेस्रो नम्बरमा भोट हालेका थिए ।

    तर रोनाल्डोले भने मेस्सीलाई भोट हालेनन् । उनले पहिलो नम्बरमा माथिज डे लिट, दोस्रो नम्बरमा र फ्रेन्की डि जोङलाई र तेस्रो नम्बरमा केलियन एम्बाप्पेलाई भोट हालेका थिए

    मानेले भने मेस्सी, भर्गिल भान डिक र रोनाल्डोलाइृ भोट हालेका थिए ।

    भान डिकले मेस्सी, मोहम्मद सलाह र मानेलाई भोट हालेका थिए ।

    मेस्सीलाई ग्यारेथ साउथगेट र ह्युगो लोरिसले पनि एक नम्बरमा भोट हालेका थिए ।

    त्यस्तै रोनाल्डोलाई लुका मोड्रिच र जर्जियो चेलिनीले एक नम्बरमा भोट हालेका थिए ।

    समग्रमा मेस्सीले ४६, भान डाइकले ३८ तथा रोनाल्डोले ३६ अंक पाए । सलाहले २६ तथा मानेले २३ अंक पाए ।

    अन्य उपाधि कसले के जित्यो ?

    महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन् । पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जिते । महिलातर्फको अवार्ड जिल एलिसले जितिन् ।

    वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड हंगेरीका डानियल जेसोरीले जिते । सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड जिते ।

    महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी सारी भान भिनेनडलले जितिन् ।

    फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…