• धनकुटा । पूर्वी नेपालको चर्चित तथा सुन्दर पर्यटकीय स्थल धनकुटाको भेडेटारमा नेकपा, राप्रपा, समाजवादी नेपाललगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    सनम लिम्बु, सुमन मगर, कविन तामाङ, सञ्जय बुढाथोकी, नबिन शाह, प्रदिप बुढाथोकी, प्रदेश बुढाथोकी, समिन मगर लगायतको नेतृत्वमा ४७ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई जिल्ला सभापति अग्नी प्रसाद पौडेल, केन्द्रिय प्रतिनिधि विश्वदिप लिङदेन, जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रिय सभापति जितेन्द्र राईले खादा, माला, अविर लगाई स्वागत गर्दै नेपाली कांग्रेसको पार्टी सदस्यता प्रदान गरेका थिए ।

    राजनैतिक क्रान्तिको सफलतापछि अहिले मुलुकमा आर्थिक क्रान्तिको प्रारम्भ भएको धनकुटाको सुन्दर तथा चर्चित पर्यटकिय केन्द्र भेडेटारमा नेपाली कांग्रेसको जागरण अभियानको कार्यक्रममा नेताहरुले बताएका छन् ।

    जिल्ला सभापति पौडेलले जागरण अभियानले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा एकता कायम गरी नयाँ उत्साहका साथ अनुशासित बनाएको बताए ।

    संविधान सभा सदस्य तथा जागरण अभियानका नेपाली कांग्रेस धनकुटा प्रदेश सभा (क) का केन्द्रिय प्रतिनिधि विश्वदिप लिङ्देनले जागरण अभियानले नेपाली कांग्रेसमा आमुल परिवर्तन ल्याएको बताए ।

    सांसद अञ्जना ताम्लीले जागरण अभियानले नेता तथा कार्यकर्ता र मतदाताबीच जीवन्त सम्पर्क बढाएको बताइन्।

    कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति (क) का सभापति जितेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको सागुरीगढी गाउपालिका स्तरीय जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति हरी कुमार राई, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य कमोट कुमार फागु, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका देवी भण्डारी, जिल्ला सदस्यहरु हर्कमान चेम्जोग, रमेश इवाहाङ्ग, तिर्थ राई, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोंग, नेपाल तरुण दलका वरिष्ठ जिल्ला उपाध्यक्ष धिरज तामांग, नेपाल महिला संघ धनकुटा उपाध्यक्ष अम्विका धमला, नेपाल विद्यार्थी संघ धनकुटाका उपाध्यक्ष टेकबहादुर कुवर, क्षेत्रिय सदस्य नगेन्द्र राई, सागुरीबढी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पलक वस्नेत लगायतले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसको नेतृत्वमा राजनैतिक क्रान्ति सफल भएको अब नेपाललाई समृद्धि र नेपालीलाई सम्पन्न बनाउनका लागि आर्थिक क्रान्तिको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने बताए ।

    कार्यक्रमको संचालन नेपाली कांग्रेस धनकुटा प्रदेस सभा क्षेत्रिय कार्य समितिका सचिव खड्ग लिम्बुले गरेका थिए भने स्वागत मन्तव्य नेपाली कांग्रेस सागुरीगढी गाउँपालिका संयोजक तथा वडा नं ६ का निर्वाचित वडाध्यक्ष यम प्रकाश मगरले गरेका थिए ।

    कार्यक्रममा सागुरीगढीका निर्वाचित जनप्रतिनिधिहरु कुमारी विक, धनमाया विक, शान्ति राई, गोकुल राई, सुनबहादुर लिम्बु, मोहन सिंह लिम्बु, नेपाली कांग्रेस डाडाबजारका कार्यबाहक सभापति ओमप्रकाश थेगिम, भेडेटारका कार्यबाहक सभापति विष्णु आचार्य, महाभारत ७ का सभापति विष्णु राई, वडा नं ८ का सभापति प्रकाश राई, महिला संघकी सचिव तिर्थ राई, श्याम कुमार राई लगायत १० वटै वडाका वडाध्यक्षका उम्मेदवारहरु कृष्ण लिम्बु, नरदल लिम्बु लगायतले जागरण अभियानका प्रतिनिधिहरुले जागरण अभियान उपलब्धिपूर्ण रहेको बताए ।

    कार्यक्रममा केन्द्रिय प्रतिनिधि विश्वदिप लिङ्देन तथा क्षेत्रिय सभापति जितेन्द्र राईलाई जागरण अभियानका सागुरीगढी प्रतिनिधिहरु वडा नं १ का मानप्रसाद इङ्नाम, वडा नं२ का शुक्र लिम्बु, वडा नं ३ का खड्ग लिम्बु, वडा नं ४ का रमेश इवाहाङ्ग, वडा नं ५ धिरज तामाङ, वडा नं ६ पलक वस्नेत, वडा नं ७ यम प्रकाश मगर, वडा नं ८ नेपालधन राई, वडा नं ९ उमेश राई र वडा नं १० का नगेन्द्र राईले जागरण अभियानको प्रतिवेदन प्रस्तुत गरका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…