• काठमाडौं । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले सोमबार पत्रकारहरुको लागि आचारसंहिता सार्वजनिक गरेका छन् ।

    काठमाडौँमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचारसंहिता सार्वजनिक गरेका हुन् ।

    यो आचारसंहिता पत्रकार आचारसंहिता २०७३ को संसोधित स्वरूप हो । बदलिदो परिवेश र पत्रकारिताको नयाँ अभ्यास सुहाउँदो आचारसंहिता बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।

    सरकारले बदनियत राखेर प्रेसलाई अंकुश लगाउन अगाडि स्वनियम हुन सक्ने गरि आचारसंहिता बनाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । आचारसंहिता लागु भएपछि समाचार लेखेको आधारमा फौजदारी अभियोग लागेर जेल जानु पर्ने अवस्था नआउने विश्वाश उनले ब्यक्त गरे ।

    मुख्यगरी सामाजिक संजाल र अनलाइन मिडियालाई स्वनियम हुने गरि आचारसंहिता जारि भएको छ । अनर्गल समाचार लेख्ने व्यक्तिगत मानमर्दन हुनेगरी समाचार लेख्ने संचार गृहलाई कालोसूचीमा राखेर कारबाही हुन सक्ने प्रावधान यस आचारसंहितामा राखिएको छ ।

    यस्तै आचारसंहिताले सामाजिक संजाल प्रयोगकर्ताहरुले राखेको विवरणको आधारमा संचारमाध्यमले समाचार बनाई प्रकाशन प्रशारण गरे संचार मध्यम आफुले गरे सरह हुने भन्दै सचेत गराएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…