• असोज ७, काठमाडौँ । मंगलबार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    मंगलबार दिउँसो नागपोखरीस्थित मेरियट होटलमा आयोजित गरिएको कार्यक्रममा नेकपा र सीपीसी पार्टीबीच आपसी सहयोग र सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

    दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि समझदारी गरिएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् । उनको अनुसार ‘आपसमा विचार, भ्रमण, अध्ययन आदानप्रदानका लागि नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । ’

    नेकपाका अनुसार समझदारी पत्रमा हस्ताक्षरसँगै आजको पहिलो कार्यक्रम सम्पन्न भएको छ भने ‘विचारधारात्मक छलफल कार्यक्रम’ जारी नै रहेको छ। अबको कार्यक्रम थप दुई सत्र मा सञ्चालन हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…