• काठमाडौं, असोज ७ : व्यापारी अनिल केडियामाथि ५८ करोड रुपैयाँ राजस्व छलेको आरोप लागेको छ । आन्तरिक राजस्व विभागले आठ महिनाअघि गत पुस २९ गते केडियाको पसल र निवास दुवै ठाउँमा एकैपटक छापा मारेर ल्यापटप, कागजात र पर्सनल डायरी नियन्त्रणमा लिएको थियो ।

    विभागले न्युरोडको पिन र बिल्डिङमा दोस्रो तलामा रहेको उनको पसल बी३ मा छापा मारेको थियो । केडियाले छोरोको नाममा खोलेको एपीके ट्रेडिङ कन्सर्न र अनिल टे«ड कन्सर्नको नाममा इलेक्ट्रिकल सामानको व्यापार गर्दै आएका छन् ।

    विगत ३२ वर्षदेखि उनले त्यही पेसा गर्दै आएका छन् । उनको पसलमा छापा मारेकै दिन उनको निवास बागबजारको खसी बजारमा छापा मारेर विभागले उनको पर्सनल डायरी बरामद गरेको थियो र त्यही डायरीमा देखिएको हिसाबकिताबको छानबिनपछि विभागले केडियामाथि ५८ करोड रुपैयाँ राजस्व छलेको अरोप लगाएको हो ।

    विभागले उनलाई सो रकम बुझाउन पटक–पटक ताकेता गरेको छ तर उनले म्याद थपको माग गर्दै आएका छन् । केडियाले उक्त रकम नतिरेको आरोपमा विभागले नेपाल राष्ट्र बैंकलाई पत्र लेखेर केडियाको व्यक्तिगत खाता र फर्मको नाममा रहेको सबै खाता ब्लक गर्न लगाएको छ । अहिले केडियाको आठवटा बैंकमा रहेका खाता ब्लक गरिएका छन् ।

    विभागले केडियाको स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र हिमालय बैंकमा रहेको केडियाको खातामा रहेका रकम पनि तानेर लिएको छ तर यसबारेमा बैंकले आफ्नो ग्राहकलाई कुनै जानकारी नदिएको केडियाको दाबी छ ।

    तीन दशकदेखि न्युरोडमा व्यापार गर्दै आएका केडियासँग कारोबार गरेका व्यापारिक फर्मलाई पनि राजस्वले केडियालाई बुझाउनुपर्ने रकम नबुझाउन र सो रकम राजस्वमा बुझाउन निर्देशन दिएको छ । विगत आठ महिनादेखि विभागले पसलमा सिल गरेर खातापाता बन्द गरे पनि केडियाविरुद्ध कानुनी कारबाहीचाहिँ अघि बढाएको छैन ।

    विभागले केडियामाथि भन्सार छलेको, नक्कली प्रज्ञापनपत्र प्रयोग गरेर सामान ल्याएको, एउटै प्रज्ञापनपत्रबाट पटक–पटक सामान भित्र्याएको, नक्कली भ्याटबिल प्रयोग गरेको आरोप लगाएको छ तर केडियाले चाहिँ आफूले सामान झिकाउने नै नगरेको दाबी गरेका छन् ,आर्थिक दैनिकमा खबर उल्लेख छ ।

    विभागले केडियामाथि अन्य आठवटा कम्पनी खडा गरेर कारोबार गर्दै आएको आशंका गरेर उनीमाथि छानबिन गरिरहेको थाहा भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…