२०७६ असोज ७ मंगलवार
अस्पतालमा समस्या छ सुधार गर्छू : भिसी
समस्या सुधार नभयसम्म निरिन्तर खवरदारि गर्छौ : सापकोटा
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापा सहित तीन जनालाई बिरामिले करिव पाँच घण्टा नियन्त्रणमा लिएर छोडेका छन् ।
सोमबार साबिक संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटाको नेतृत्वमा विद्यार्थीहरुले भिसी थापा सहित डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डा. राजेश अधिकारीलाई नियन्त्रणमा लिएर सोही अस्पतालमा साधारण विरामी सरह टिकट काटेर स्वास्थ्य चेकजाँच गराउन बाध्य बनाएका छन् ।
अस्पतालको बेतिथी र लापरवाहीले गर्दा कतिपय सर्वसाधारण बिरामी सरकारी स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै भिसीलाई त्यसको अनुभुती गराउनको लागि नियन्त्रणमा लिईएको नेता सापकोटाले रातोकलमलाई जानकारी दिए ।
अस्पतालको सामाजिक सेवा इकाइमा मात्रै होइन फार्मेसीमा समेत सर्वसुलभ औषधिको अभाव छ यस्तो अवस्था कहिले सम्म ? के परिवर्तनका संवाहक सर्वसाधारणलाइ पहिलाको सामन्ती ब्यबस्था जस्तै भइराख्ने र ठुला ठालुका निम्ति मात्रै लोकतन्त्र हो ?उनले प्रश्न गरे ।
उपकुलपतिको टोकन नं. ७८८
टोकन नं. ७८८ कुनै सर्वसाधरण जनताको नभई गण्डकी प्रदेशकै सबै भन्दा ठूलो सरकारी स्वाथ्य संस्था तथा उपचार केन्द्र पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाको टोकन हो ।
उनलाई सोमबार बिरामि र विद्यार्थीको एक हुलले कव्जामा गरेर साधारण विरामी सरह अस्पतालको ओपीडीको टिकट काटेर उपचार गर्न बाध्य बनायो । भिसी सहित प्रतिष्ठानका डिन डा. नरेन्द्र गुरुङ र निमित्त निर्देशक डा. राजेश अधिकारीले पनि सोही पीडा खेप्नुप्यो ।
साधारण विरामी सरह लाईनमा वसेका भिसीले अस्पतालको सेवा सर्वसुलभ हुन नसेको स्वीकार गरे ।
यता भिसीकै आडमा लाइनमा बसेका डिन नरेन्द्र गुरुङले विरामीलाई राम्रो सेवा दिने मन्दिर भएको भन्दै सबै विरामीलाई आफ्नै छोरा छोरी आमाबावुलाई जस्तै सेवा दिनुु पर्ने बताए । जनशक्तिको अभावले बिरामीको सेवा प्रभावित भएको गुरुङको भनाइ छ ।
अस्पतालका निमित्त निर्देशक डा. राजेश अधिकारीले साधारण विरामी र अस्पतालको सिस्टमको अनुभुती गरेको बताए । उनले विरामीहरुकै सेवाका लागि पहिले भन्दा अहिले धेरै सहज भएको भएपनि अझै सिस्टममा आउन नसकेको बताए ।