बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ ।
निर्धारित समयमा दुर्ब पषबाट २ । २ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुििलसले २ गोल गरेका थिए । प्रतियोगितामा म्यान अफ दि म्याच भारतका किशोर गिरी घोषित भए ।
यसअघि आयोजकलाई हराउँदै धरान,गोर्खा ब्वाईज बुटवल लाई हराउँदै मदन भण्डारी स्पोर्टस एकेडेमी झापा ११ लाई हराउँदै एपिएफ सेमिफाइृनल पुगिसकेका छन । प्रतियोगितामा बुधबारको खेल धरान फुटबल क्लब धरान र मदन भण्डारी स्पोर्टस एकेडेमीका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले बताएका छन ।
प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन । गतबर्ष बिजेताले २ लाख २२ हजार र उपबिजेताले १ लाख ११ हजार प्राप्त गरेको थियो । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाईएको छ । खेलअबधिभर म्यान अफ दि म्याच र अन्य ६ वटा बिधामा समेत पुरस्कार प्रदान गरिएको छ ।