• मोरङ । पार्टी एकिकरण पछि झण्डै डेढवर्षसम्म अलमलमा रहेको नेकपा पार्टी कमिटीले पार्टी एकता प्रक्रियालाई अन्तिम विन्दुमा पुर्याएसंगै नेकपा केराबारी गाउँपालिका कमिटिले संगठन विस्तार अभियानलाई तिब्र बनाएको छ ।

    मोरंगको स्थानीय तह अन्र्तगत रहेका विभिन्न नगर तथा गाउपालिका कमिटीको नेतृत्व सहित पार्टी एकिकरण सकिय संगै संगठन विस्तारमा लागेको नेकपाले दर्जनौं कांग्रेस कार्यकर्ताहरु नेकपामा प्रवेश गर्न थालेका छन् । यसरी पार्टी संगठन विस्तार अभियान अन्र्तगत केराबारी गाउँपालिका कमिटिको वडा नं २ सिंहदेवीमा ठूलो संख्यामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता सहित दर्जनौं नेकपा प्रवेश गरेका हुन् ।

    नेकपाको २ नम्बर वडा कमिटीमा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा नेकपामा प्रवेश गरेका हुन। नेपाली काङ्ग्रेस साविक सिंहदेवी गाविसका उपसभापति पृतबहादुर लिम्बू ,सक्रिय कार्यकर्ता सेरबहादुर लिम्बू ,यमन मुसङ सहित साविक सिंहदेवी९६ का सबैजसो नेपाली कांग्रेसका पुराना कार्यकर्ता र ७ नम्बरका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन।

    त्यसै गरि देवी लिम्बूको संयोजकत्वमा २६ सदस्यीय वडा कमिटी गठन पश्चात् सपथ ग्रहण कार्यक्रम भएको नवगठित कमिटीका अध्यक्षले जानकारी दिएका छन।उक्त कमिटीका सचिवमा रविन काम्बाङ चयन भएका छन।

    केराबारी गाउँ कमिटीका अध्यक्ष राम कार्कीको सभापतित्वमा भएको कार्यक्रम सचिब जङ्ग खवासले सन्चालन गरेका थिए । कार्यक्रममा नेकपा नेकपाका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज महेश रेग्मीको उपस्थितिमा भएको सो कार्यक्रममा प्रदेश सदस्यहरु डिपि राई,डिल्लीराम शर्मा अधिकारी जिल्ला सदस्य शान्ती भुजेल, केराबारी गाउँ कमिटीका सदस्यहरु नारायण भुजेल,खड्ग लुइँटेल लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…