• आसन ग्रहणको विषयलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै सांसदमाथी हातपात गरेका छन् । जागरण अभियानका क्रममा राजविराजमा आयोजित कार्यक्रममा सप्तरी–४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीमाथि मंगलबार आफ्नै कार्यकर्ताले हातपात गरेका हुन् ।

    स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गर्दै मञ्चबाट तल झारिदिएका छन् ।

    आसन ग्रहणको क्रममा पार्टीका कनिष्ट नेताहरुलाई आसन ग्रहण गराएपनि सांसद् चौधरीलाई नगराएपछि वरिष्ठताको विवाद सार्वजनिक मञ्चमै भएको थियो । त्यसपछि सांसद् चौधरीसहितका एक खेमाले कार्यक्रम बहिष्कार गर्दै राजविराजमा कांग्रेस सप्तरी सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे ।

    विगतमा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूमाथि आज सामान्य विषयमा उनले नै हातपात गराइएको दाबी सांसद् चौधरीले गरे । कार्यक्रमस्थलबाट आधा सहभागि बहिष्कार गरेर बाहिरिएपछि बाँकी रहेका कार्यकर्तामाझ जागरण सभा सम्पन्न गरिएको थियो । सभापति यादवले भने आरोप अस्वीकार गरेका छन् । उनले संसद चौधरीले नै कार्यकर्ता लाई गाली गरेको आरोप लगाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…