• २०७६ असोज ८ बुधवार

    उर्लाबारी ! नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीमाथि हातपात गरेका छन् । करारमा राखिएका कर्मचारीको म्याद थप गर्ने विषयमा विवाद हुँदा प्रमुख फागोले प्रमुख प्रशासकिय अधिकृत रेग्मीमाथि हातपात गरेका हुन् ।

    हातपातपछि प्रहरीको सुरक्षा लिएर रेग्मीले उर्लाबारी छाडेका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी रेग्मीले आफूमाथि प्रमुख फागोबाट सुरक्षा थ्रेट रहेको बताउँदै काम गर्न नसक्ने बताए । उर्लाबारी नगरपालिकाले विभिन्न मितीमा ५१ जना कर्मचारीलाई करारमा नियुक्त गरेको थियो । करार नियुक्ती पाएकाहरुको म्याद एक वर्ष थप्न फागोले रेग्मीलाई दबव दिएका थिए । तर छ महिना भित्र लोकसेवा पास गरेका कर्मचारी आउने भन्दै रेग्मीले ६महिना करार थप गर्नुपर्ने प्रस्ताव गरे ।

    फागोले आफ्नो कार्यकक्षमा प्रस्ताव नमानेपछि हातपातको प्रयासगरेको रेग्मीको दाबि छ । ‘मेयर फागोसँग कुराकानी सकेर च्याम्बर तर्फ जाने तरखरमा थिए। उहाँ जुरुक्क उठेर आक्रमणको शैलीमा आउनुभयो, मेरो हातमा लाग्यो’ उनले भने ‘म हतार हतार बाहिर निस्किएर प्रशासन गुहार मागे ।’

    आफूले गुहार मागेपछि कर्मचारी र सेवाग्राही भेला भएको रेग्मीले बताए । कर्मचारी र सेवाग्राहीका अगाडी फागोले बढी नबोल भन्दै रेग्मीको कार्यक्षमा ताला लगाउन निर्देशन दिएका थिए । तर आफूले ताला लगाउन नदिएको रेग्मीले बताए । विवाद भएपछि पून छलफलका लागि कार्यकक्षमा प्रवेश गर्दा मेयर फागोले अपशब्द प्रयोग गरेको रेग्मीले आरोप लगाए । ‘लोकसेवा यहाँ चल्दैन् । टिप्पणी उठाएर साइन गर्नुहोस् फाइल म तिर फाले ।’ रेग्मीले भने ‘ असुरक्षाका कारण प्रहरीको स्कटिङमा उर्लाबारी छाडे ।’

    मेयरले आफूमाथि कुटपिट गर्न मान्छे पनि खटाएको रेग्मीको आरोप छ । कुटपिट गर्न आएका व्यक्तिहरुलाई प्रहरीले रोकेको बताउदै उनले उर्लाबारीमा बसेर काम गर्न नसक्ने बताए । गत साउन २ गते हाजिर भएका रेग्मीको क्वाटरमा दुईसाता अघि फागाले तालाबन्दी गरेका थिए । ताला लगाएपछि रेग्मी शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा आएका थिए । भदौं २८ गते भएको छलफलमा फागोले काम गर्नेबातावरण सृजना गर्ने बताएपछि काममा फर्किएका रेग्मीले मंगलबार पून सबै सामानलिएर उर्लाबारी छाडेका छन् ।

    कुटपिट गरेर भएपनि काम गराउने नियत

    तीन महिना अघि प्रमुख प्रशासकिय अधिकृत भएर आएका रेग्मीले प्रमुख फागो अटेरी भएको बताएका छन् । कुटपिट गरेर भएपनि काम गराउने मेयरको नियतका कारण उर्लाबारी छाडेको रेग्मीले बताए । ‘उहाँले कसैलाई टेर्नुहुन्न् ’ रेग्मीले भने ‘ दुई चारसय मान्छे उतारेर कुटपिट गरेर भएपनि काम गर्ने नियत छ, त्याे हिजो पनि थियो, भोली पनि गर्नुहोला भनेर राज्यले पनि बुझेको छ ।’

    कोशी अनलाइनबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…