• ८ असोज । अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग प्रकृया शुरु गर्ने घोषणा गरेकी छिन् ।

    डेमोक्रेट्सले औपचारिक रुपमा महाअभियोगको प्रकृया शुरु गरेको हो । राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादमीर जेलेन्स्कीलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई भ्रष्टाचारको मुद्धामा जाँच शुरु गर्न दबाब दिएको आरोप लगाउँदै डेमोक्रेटिकले महाअभियोगको प्रकृया शुरु गरेको हो ।

    ट्रम्पका डेमोक्रेटिक प्रतिद्वन्द्वी जो. बाईडन र उनका छोराबिरुद्ध भ्रष्टाचारको मुद्धामा जाँच शुरु गर्न उनले दवाव दिएको बाहिरिएको थियो । ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग राजनीतिक प्रतिद्वन्द्वीका विषयमा छलफल भएको भएपनि भ्रष्टाचारको मुद्धामा जाँच गर्न दबाब नदिएको बताए ।

    नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाइन् । उनले राष्ट्रपति कानून भन्दा माथि हुन नसक्ने बताउँदै राष्ट्रपति जस्तो व्यक्ति जवाफदेही हुनु पर्ने बताइन् । अहिलेसम्म अमेरिकामा कुनैपनि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाइएको छैन् । ट्रम्पलाई लगाइने महाअभियोग प्रस्ताव पास हुन उनकै दल रिपब्लिकन पार्टीका २० सांसदले समेत सहयोग गर्नु पर्छ ।एजेन्सी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…