• बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ ।

    निर्धारित समयमा दुर्ब पषबाट २ । २ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुििलसले २ गोल गरेका थिए । प्रतियोगितामा म्यान अफ दि म्याच भारतका किशोर गिरी घोषित भए ।

    यसअघि आयोजकलाई हराउँदै धरान,गोर्खा ब्वाईज बुटवल लाई हराउँदै मदन भण्डारी स्पोर्टस एकेडेमी झापा ११ लाई हराउँदै एपिएफ सेमिफाइृनल पुगिसकेका छन । प्रतियोगितामा बुधबारको खेल धरान फुटबल क्लब धरान र मदन भण्डारी स्पोर्टस एकेडेमीका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले बताएका छन ।

    प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन । गतबर्ष बिजेताले २ लाख २२ हजार र उपबिजेताले १ लाख ११ हजार प्राप्त गरेको थियो । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाईएको छ । खेलअबधिभर म्यान अफ दि म्याच र अन्य ६ वटा बिधामा समेत पुरस्कार प्रदान गरिएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…