• असोज-९

    क्वालालम्पुर।

    नेपाल तामाङ घेदुङ मलेसियाको पहिलो ऐतिहासिक अधिवेशन गत जुलाई २१ तारिख मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न पश्चात् घेदुङले मलेसियाको पेनाङ क्षेत्रीय समिति पनि आफ्नो शाखा बिस्तार गरेको छ ।

    शाखा बिस्तार सँगै “विश्व भरी छरिएर रहेका तामाङहरु एक हौँ ताम्सालिङ प्राप्तिका लागि एक जुट हौँ ” भन्ने मूल नाराका साथ नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको प्रथम ऐतिहासिक अधिबेशन अक्टोबर ६ तरिखको दिन मलेसियाको पेनाङ स्थित सनवाई होटलमा गर्ने तयारी रहेको पेनाङ समितिका अध्यक्ष रामकाजि तामाङले जानकारी दिनुभएको छ ।

    नेपाल तामाङ घेदुङ पेनाङ क्षेत्रीय समितिको अयोजनामा हुन लागेको अधिवेशनमा नेपाल तामाङ घेदुङ मलेसियाको केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा तामाङको प्रमुख आतिथिमा हुने कार्यक्रममा वृहत् साँस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष तामाङले बताउनुभयो ।
    अक्टोबर ६ मा हुन लागिरहेको अधिवेशनकामा मलेसियामा रहेका विभिन्न संघ संस्था तथा अम तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितका लागि अनुरोध समेत गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…