पथरी: उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गर्न खोजेको भन्दै झुठो लान्छना लगाउदै ज्यानको सुरक्षाको माग राख्दै जिल्ला गएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले मातहतका कर्मचारीलाई थर्काउने गरेको कर्मचारीले गुनासो गरेका छन् ।
नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले अधिकृत रेग्मीमाथि यस्तो आरोप लगाएका हुन् । कर्मचारीहरुले अधिकृत रेग्मीकै कारण तलब भत्ता नपाएको, कार्यलयको काम गर्ने वातावरण कारण नभएको लगायतका आरोप लगाएका हुन् । प्रशासकीय अधिकृत रेग्मीका भान्सेकारुपमा कार्यरत रहेका यज्ञ कोइरालाले अधिकृतले चोरसम्मको आरोप लगाएर मानमर्दन गरेको आरोप लगाए । करारमा कार्यरत कर्मचारीको जागीर खाइदिने र रेग्मीले करार म्याद थप गर्न पैसाको वार्गेनिङ्ग गर्ने गरेको आरोप नगरपालिकाको हलुका सवारी चालकका रुपमा कार्यरत वसन्त पौडेलले आरोप लगाए ।
यस्तै, शिक्षा शाखामा कार्यरत शम्भु प्रसाद भट्टराईका अनुसार कर्मचारीले सहज साथ नगरपालिकामा काम गर्ने वातावरण नबनेको अवस्थामा मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको खटपटले थप समस्या भएको उनको तर्क थियो । नगर भित्रका ८० जना कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले समेट्न नसकेको उनीहरुको आरोप थियो । अधिकृतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको समाग्री समेत नगरपालिकाको नाममा विल बनाएको उनीहरुको आरोप थियो ।
बिबादास्पद छबिका उनि रामेछापको मन्थली नगरपालिकाबाट पनि लखेटिएका थिए । उहिले उनको बारे समाचार आउदा मन्थलीका एक जनप्रतिनिधिले भने, रेग्मीको बानीमा कैले सुधार न आउने रैछ, उर्लाबारीमा पनि दुख दिन थालो होला हैन ।
उर्लावारी नगरमा कार्यरत कर्मचारीले गत साउनदेखि यता तलव भत्ता पाएका छैनन् । उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मानवीय संवेदनलाई समेत ध्यान दिइ कर्मचारीको तलब भत्ता उपलव्ध गराउन माग गरेका छन् । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थाले गर्दा कर्मचारीको तलव भत्ता भुक्तानी गरिएको छैन् ।