• हिसाव पारदर्शी नभएमा उपभोक्ताको असन्तोस

    मोरङ । पथरीशनिश्चरे नगरपालिका-१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले ९ औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    आज(शुक्रबार) भएको सभामा गंगामाया पौडेल, पदमकुमारी खत्री, राममाया राई, जितरानी लिम्बू, किताबसंह राई लगाए ११ जनालाई नगदसहित सम्मान गरेको थियो ।

    त्यसैगरी गरिव तथा जेहेन्दार ११ विध्यार्थीहरुलाई बर्षदिन पुग्ने कपि, डट, ब्याग र पोषाक छात्रवृतिको रुपमा वितरण भएको थियो । यसरी स्कुल सामाग्री पाउने विध्यार्थीहरुमा चेतन पौडेल, रोशनी धिमाल, सबिना चौधरी, विना लिम्बू लगाएत रहेका छ्न । गत सालको एसइई परीक्षामा उत्कृष्टहुने समीक्षा तिम्सिना र अस्मिता खड्कालाई वन समूहले सम्मान गरेको छ ।

    समितिको अध्यक्ष ईश्वर चौहानको सभापतित्वमा भएको कार्यक्रममा १० जना अपांगता भएका व्यक्तिलाई समेत सम्मान भएको थियो ।

    लार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट, १० नम्बर वडा अध्यक्ष सागर राई, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई लगाएतले शुभकामना दिएका थिए ।

    १० नम्बर वडा अध्यक्ष सागर राईले वनमा काठ र आर्थिक हिसाब पारदर्शी नहुने गरेको बताएका थिए । उपभोक्ता ज्ञनेन्द्र राईले वनबाट निस्केको काठको पूरा विवरण नआएकोमा त्यो हिसाब देखाउनु पर्ने बताएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…