• पाँचथर । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ लालीखर्कमा आज सामुदायिक होमस्टे उद्घाटन गरिएको छ ।

    होमस्टेको उद्घाटन प्रदेश १ का सांसद तथा वन,वातावरण,उद्योग,पर्यटन समितिका सभापति सिता थेवेले गरेका थिए।

    होम स्टेको उद्घाटन पश्चात कार्यक्रममा बोल्दै उनले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक,ऐतिहासिक र पर्यटकिय स्थलहरुलाई प्रचार प्रसार गरी अघि वढ्ने बताउनुभयो ।

    जिल्ला समन्वय समिती पाँचथरको आयोजनामा अहिले त्यस क्षेत्रमा १० वटा घरमा होम स्टे संचालन गरिएको छ ।

    होम स्टेमा आएका पाउनालाई स्थानिय परिकार खुवाईने र लजको प्रवन्ध गरिएको लालीखर्क सामुदायिक होमस्टे संचालक समितीका अध्यक्ष टंक राईले बताए।

    यो होम स्टे संचालन पश्चात पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथिभरा दर्शन जाने तिर्थालुहरु समेतलाई राख्न सकिने उनले बताए ।

    होम स्टे पश्चात आन्तारिक तथा बाह्य पर्यटकहरु आउने स्थानियहरु बताउँछन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरी भेलाले भ्रमण नेपाल वर्ष २०२० कार्यान्वयन एवम पाँचथर पर्यटन विकाश समिती समेत गठन गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…