• भक्तपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भएको बताएका छन् ।

    भक्तपुरको दुवाकोटमा कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेल सो कुरा बताएका हुन् ।
    नेता पौडेलले भने, 'राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ तर कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन् ।

    जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भयो ।' वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले झुटा आश्वासन बाँडेर एकपटक जनतालाई झुक्याइसकेको भन्दै अब कम्युनिष्टको लहैलहैमा लागेर जनता फेरी नझुक्किने बताए ।

    देशमा शुसासन कायम गर्न कम्युनिष्ट सरकार असफल भइसकेका कारण अबको विकल्प भनेको कांग्रेस नै भएको उनको भनाइ थियो । उनले भने, 'जनताले र मुलुकले भर गर्न सक्ने कांग्रेस बनाउन हामी लागेका छौं । हामी त्यो कांग्रेस बनाउछौं ।'

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…