• काठमाडौं– देशभर विभिन्न पार्टी परित्याग गरी करिब ७० हजार नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेसले संचालन गरेको ‘हिमाल, पहाड, तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’का क्रममा ७० हजारलाई पार्टी प्रवेश गराएको हो ।

    कांग्रेस युवा नेता मीन कृष्ण महर्जनका अनुसार अभियानको दुई चरणसम्म आइपुग्दा देशभरका नेकपा र अन्य दलबाट कांग्रेस प्रवेश गर्नेको सूची ७० हजार भन्दा धेरै छ । गत बैशाख २५ बाट सुरु भएको पहिलो चरणको अभियानमा ३० हजार भन्दा बढी पार्टी प्रवेश गरेको कांग्रेसले दावी गरेको थियो ।

    दोस्रो चरणको अभियानका करिब ४० हजारले कांग्रेस रोजेको महर्जनको दावी छ । ‘कम्युनिष्टको तानाशाही प्रवृत्तिका कारण दुई चरणमा गरी ७० हजार भन्दा बढी नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेका छन्,’ महर्जनले भने, ‘नेपाली जनताको पार्टी हो, लोकतान्त्रीक पार्टी हो, त्यसैले जनताको आकर्षण बढेको छ ।’ उनले अहिले लोकतन्त्र खतरामा रहेको र लोकतन्त्र जोगाउन कांग्रेस बलियो हुनुपर्ने तर्क समेत गरे ।

    आगमी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्व गर्ने र जनभावना अनुरुप काम गर्ने उनको दावी छ । कांग्रेस पहिलो चरणका जिल्ला स्तरमा अभियान संचालन गरेको थियो । दोस्रो चरणमा प्रदेश निर्वाचन क्षेत्रमा अभियान चलेको थियो । अब पुस ७ गते मेलमिलाप दिवसको अवसर पारेर ७५३ स्थानीय तहमा संचालन हुनेछ । तेस्रो चरणमा समेत हजारौं कम्युनिष्ट कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने कांग्रेसको तयारी छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…