काठमाडौं– नेपालीहरूको प्रमुख चाड बडादशैं मुखैमा आएको छ । उपत्यकाबाट दशैं मान्न घर जानेहरुको क्रम सुरू हुने क्रममा छ । तर, प्रमुख नाका थानकोटको जाम बढेको बढ्यै छ । तर, सरकारले भने जाम हटाउने विषयमा कुनै कदम चालेको छैन ।

देशभरका मानिसहरूले काठमाडौं उपत्यका आवतजावत गर्न यही मार्ग प्रयोग गर्छन् । सँगै पोखरा, चितवन लगायतका प्रमुख पर्यटकिय गन्तव्यमा बस मार्फत जान समेत यही बाटो प्रयोग हुने गरेको छ । तर, अहिले थानकोटको जामका कारण स्वदेशी तथा विदेशी यात्रीले ठूलो सास्ती खेपिरहेका छन् ।


नागढुंगा– नौबिसे सडकखण्डको जाममा परेका एक यात्रीको शुक्रबार निधन भएको छ। रौतहटको गरुणा नगरपालिका–८ का ३५ वर्षीय रुपलाल साहको निधन भएको हो । जाममा परेर ज्यान नै गुमेको घटना सार्वजनिक भएपछि कांग्रेसका युवा नेता उदयसम्शेर राणाले सरकारको आलोचना गरेका छन् ।

उनले सि जिङ पिङ पथमा हिड्न तालिम गरिरहेको कम्युनिष्ट सरकारले राजमार्गको रोदन नसुनेको बताएका छन् । शनिवार विहान ट्वीट गर्दै राणाले सरकारको आलोचन गरेका हुन् । राजमार्गमा जाम बढिरहेपनि सरकारले जाम घटाउन पहलकदमी नलिएको भन्दै सामाजिक सञ्जालमा तिव्र विरोध भइरहको बेला नेता राणाले समेत सरकारको आलोचना गरेका हुन् ।