• रातोकलम अनलाइन।

    क्वालालम्पुर,असोज-११

    मलेशियामा नेपालिहरु माझ निक्कै लोकप्रिय रहेको नेटवर्क ब्याबसाय डि.एक्स.एन समाजसेवामा पनि उतिकै कृयशिल्ता देखाईरहेको छ।डाइनमिक एभरेष्ट,डाइमन्ड ग्रुप मलेसिया ले
    आफ्नो स्थापना काल देखिनै विभिन्न
    जनचेतना मुलक कार्यक्रमका साथै गोष्ठीहरु गर्दै आएको छ !

    आफ्नो ब्याबसाय र मानव सेवालाई पनि सङ्गै अगाडि बढाउनु पर्छ।भन्ने मान्यता बोकेको उक्त डाइनामिक ग्रुपले धेर थोर आफुहरुले सकेको सहयोग
    दुखि पीडित हरुको पक्षमा पनि आर्थिक सहयोगको अग्रसरता देखाएको छ!

    जाजरकोट का कालिबहादुर मल्ल, तेह्रथुम का खड्क बहादुर जोगि, स्याङ्जाका ब्लड क्यान्सर पीडित दुई बर्षिया बालिका अनुपा परियार,
    हास्य कलाकार सुलेमान इकु लगायतका अनगिन्ती सहयोग यो ग्रुपले गरिसकेको छ।भने गत आइतबार दोस्रो वार्षिकोत्सब सम्पन्न भए लगत्तै पुन:पन्चखल ३ काभ्रे कि तुलसा कार्की लाई समेत सहयोग गरेको छ।जन्मजात दुबै हात छोटो भएकि कार्कि लाई सल्यक्रिया गरेर नयाँ हात हाल्नको निमित्त विभिन्न संचार माध्यम मार्फत समाचार आइसके पछी रु,१५०००पन्ध्र हजार प्रदान गरिसकेको सोही ग्रुपका अध्यक्ष दीपक शघर्षले जानकारी दिएका छन।

    त्यसैगरी बन्दिपुर ३ कोपिलढुङ्गा मार्ग कास्की पोखरा का कृष्ण पौडेल को दुबै मृगौला फेल भइसकेको खबर पाएपछि मृगौला प्रत्यारोपणका लागी समेत आर्थिक सहयोग रु. १५,०००प्रदान गरेका छ !त्यसो त डी.एक्स.एन कम्पनी आफैमा बहुराष्ट्रिय नेटवर्किङ कम्पनी हो!यसलाइ मल्टिलेवल मार्केटिङ अर्थात् गुणस्तर तहको व्यवसाय पनि भनिन्छ!

    सन १९९३ को दशकमा मलेसियाको जित्राकेडा भन्ने क्षेत्रमा विधिवत, रुपमै स्थापना भएको हो! कम्पनिले जडिबुटीहरुको राजा रातो च्याउबाट विभिन्न खाद्य पदार्थहरु उत्पादन गर्ने गर्छ!हिमाली क्षेत्रमा पाईने यार्सागुम्बाको मिसावट बाट तयार गरिएको खाद्य बस्तु रोगी वा निरोगी जोसुकैले पनि सेवन गर्न सक्ने गरि निर्माण गरीएको हुन्छ।

    यश स्तरका ब्याबसाय लाई ब्यक्तिगत स्तर उन्नतिका लागि भन्दा पनि मानव सेवामा समर्पित भएर काम गर्ने उदेश्य रहेको र यस्तै दुखी पिडितहरु लाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत संस्थाका अध्यक्ष दिपक संघर्षले बताएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…